एन्फा र नगरपालिका संघविच सम्झाैता

0

स्थानीय स्तरमा पनि फुटबलको विकाशका लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल नगरपालिका संघसँग सहकार्य अगाडी बढाएको छ । जसका लागि एन्फाले नेपाल नगरपालिका संघसँग सम्झौता गरेको छ ।

नेपालमा फुटबल विकाश गर्नका लागि नगरपालिकाको मुख्य भूमीका रहने भन्दै एन्फाले स्थानीय स्तरका निकायलाई हातमा लिएको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल नगरपालिका संघका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षण गरेका हुन । दुई वर्षको यो सम्झौतामा एन्फा र नगरपालिकाले फुटबल बिकासमा महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको छ ।

यो सम्झौतापनि एन्फा र नगपालिका मिलेर फुटबल प्रतियोगिताका साथै अरु विभिन्न सहकार्य गर्ने भएका छन ।

यसका लागि नगरकालिकाले कदप पहली चाल्ने र त्यसमा एन्फाले सहयोग गर्ने भनिएको छ ।

Post Add 1025X115
Loading...