रासफाेर्डले पाए जिक्युजकाे बर्षकाे उत्कृष्ट अवार्ड

0

म्यानचेस्टर युनाइटेडका स्टार मार्कुस रासफोर्डले गरेको सामाजिक कामको यतिबेला चौतर्फि रुपमा चर्चा भइरहेको छ । जसका कारण उनले विभिन्न प्रतिष्ठित अवार्ड जितेका छन । यस्तैमा रासफोर्डले जीक्युजको बर्षको उत्कृष्ट परियोजनाकारको अवार्ड जितेका छन ।

उनले कोरोना भाइरसका कारण लकडाउन हुँदा अनाथ र गरिव बालबालिकालाई खाने ब्यवस्था मिलाएका थिए । उनको त्यो अभियानले निकै चर्चा पाएको थियो । यतिमात्र होइन उनको त्यो अभियानका कारण बेलायत सरकारले नै आफ्नो निर्णयलाई उल्ट्याउनुपरेको थियो ।

बेलायत सरकारले लकडाउनका बेला स्कुले बालबालिकालाई निशुल्क खानेकुराका लागि बजेट नभएको बताएका थिए । तर पछि रासफोर्डले अभियान सुरु गरेपछि चार सय मिलियन पाउण्ड बजेट छुट्याएका थिए । जसको कदर गर्दै रासफोर्डले जिक्युज बर्षको उत्कृष्ट परियोजनाकारको अवार्ड हात पारे । जुन अनलाइनका माध्यमबाट भएको थियो ।

Post Add 1025X115
Loading...