गणेश थापाले म्याराडोनासँग लिन नपाएको सेल्फी (सम्झना)

0

मुक्तिबाबु रेग्मी (नेप्लेज) अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको बुधबार निधन भएपछि विश्व फुटबल यतिबेला शोकाकुल अवस्थामा छ । सन् ९० को दशकमा आफ्नो जादुमयी फुटबल कलाबाट विश्वभर समर्थक कमाएका एट्याकिङ मिडफिल्डर म्याराडोनाले ६० वर्षको उमेरमा मृत्युवरण गरेका हुन् ।

उनलाई विश्व फुटबलको सर्वकालीन महान खेलाडीको रुपमा विश्व फुटबल महासंघ फिफाले सम्मान अर्पण गरेको थियो । अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । सन् १९८६ को विश्वकप उपाधि अर्जेन्टिनालाई दिलाउन र त्यसको चार वर्षपछि फाइनलमा पुर्‍याउन नेतृत्वदायी भूमिकामा रहेका म्याराडोनाको निधनप्रति विश्वभरबाट समवेदना प्रकट भइरहेका छन् ।

ब्राजिलका अर्का महान खेलाडी पेलेले आकाशमा पुगेर संगै फुटबल खेल्ने अपेक्षाको सन्देशसहित श्रद्धान्जलि अर्पण गरेका छन् । नेपालमा फुटबलका सबैभन्दा धेरै समर्थक अर्जेन्टिनाकै छन् भनिन्छ । किनभने नेपालमा टेलिभिजनको सुरुआत भएको समयमा अर्जेन्टनाले विश्वकपको उपाधि जितेको थियो र त्यतिबेलाका नायक उनै म्याराडोना थिए । तीनैमध्येका एक थिए तत्कालीन राष्ट्रिय फुटबल टोलीका कप्तान तथा स्ट्राइकर गणेश थापा । जो कालान्तरमा नेपाली फुटबलको नेतृत्वमा पुगे र म्याराडोनासँग भेट्ने मौका पनि पाए ।

थापासँग एउटै च्याम्बरमा रहेर म्याराडोनासँग फुटबल हेरेको अनुभव पनि थापासँग छ । हामीले म्याराडोनालाई देख्दा थापाको प्रतिक्रिया र उनीसँग तस्वीर खिच्न नपाउनाको अफसोचबारे स्मरण गर्ने प्रयास गरेका छौं । उनले हामीसँग भनेका छन्, ‘त्यतिबेला सेल्फी भन्नेबारे थाहा थिएन, मसँग त्यस्तो मोबाइल पनि थिएन । सायद सेल्फी भइदिएको भए म्याराडोना र म एउटै तस्वीरमा कैद हुन सक्थ्यौं ।’

जति नै पटक पनि म्याराडोनाले फोटो खिच्न रिजेक्ट गरेपनि म उनको समर्थक भने जहिल्यै रहेँ ।

म्याराडोनालाई स्मरण गर्दै थापासँग गरिएको कुराकानी

Post Add 1025X115
Loading...