२०२२ को विश्वकपका लागि नेपालले सोझै ग्लोबल छनोट खेल्ने

0

सन् २०२२ मा अष्ट्रेलियामा हुने आइसीसी टी २० विश्वकपका लागि नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको छ । आइसीसीले बनाएको नयाँ छनोट प्रक्रिया अनुसार २०२२ मा हुने टी २० विश्वकपका लागि २०२० को जनवरी एक तारिखसम्म बरियताका आधारमा जिम्बावे, नेपाल, यूएई र हङकङले सोझै ग्लोबल छनोटमा स्थान बनाउने भएका छन ।

२०२२ को विश्वकपमा आइसीसीले १६ टिमलाई सहभागिता गराउने भएको छ । २०२० मा हुने भनिएको यो विश्वकप कोरोनाका कारण २०२२ का लागि सरेको थियो । अब आइसीसीले यो विश्वकपका लागि अफ्रिका, अमेरीका, एशिया, पूर्वी एशिया र यूरोप गरेर ११ वटा क्षेत्रीय छनोट प्रतियोगिता गर्ने भएको छ । त्यहाँबाट ८ टिम दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन । सबै उपक्षेत्रीय र क्षेत्रीय छनोट प्रतियोगिता २०२१ र २०२२ को सुरुवातमा हुनेछन ।

यसमा २०२१ मा भारतमा हुने टी २० विश्वकपमा पहिलो चरणमा पुगेका चार टिम र टी २० बरियतामा रहेका शिर्ष चार टिमले सोझै ग्लोबल छनोट खेल्नेछन । २०२० को जनवरीको बरियता अनुसार नेपालसँगै जिम्बावे, यूएई र हङकङले सोझै ग्लोबल छनोट खेल्न पाउने भएका छन । उनीहरुले क्षेत्रीय छनोट खेल्नुनपर्ने भएको छ ।

२०२२ को विश्वकपका लागि १२ टिम २०२१ को टी २० विश्वकपबाट साझै छनोट हुनेछन । बाँकी चार टिममा दुई टिम पहिलो ग्लोबल छनोटबाट आउनेछन भने बाँकी दुई टिम २०२२ मा नै हुने दोस्रो ग्लोबल छनोटबाट आउनेछन ।

आइसीसीले २०२१ को टी २० विश्वकपको पहिलो चरणका खेल सकिएपछि दुई वटा ग्लोबल छनोट खेल्ने देशको नाम फाइनल गर्ने भएको छ ।

२०२२ को टी २० विश्वकप छनोटका लागि अफ्रिकामा दुई वटा उप क्षेत्रीय छनोट हुनेछन भने एशियामा पनि दुई, यूरोपमा तीन वटा उप क्षेत्रीय छनोट हुनेछन । तर अमेरीका र इष्ट एशियामा सोझै क्षेत्रीय छनोट हुनेछन ।

Post Add 1025X115
Loading...