चितवनमा राष्ट्रिय खेलाडी सम्मिलित त्रिकाेणात्मक क्रिकेट प्रतियाेगिता हुने

0

बागमती प्रदेश खेलकुद विकाश समितीको आयोजना र भरतपुर महानगरपालिकाको प्रायोजनमा चितवनमा त्रिकोणात्मक क्रिकेट सिरिज हुने भएको छ । नेपाली राष्ट्रिय खेलाडी समेत सम्मिलित हुने सो प्रतियोगितामा तीन टिमले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन ।

विहिबारबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु हुदैछ । यो प्रशिक्षणलाई केहि समय अगाडी सकेर सो प्रतियोगिता गर्ने र त्यपछि प्रधानमन्त्री कपको तयारीमा लाग्ने बताइएको छ ।

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको छेवैमा रहेको नमुना क्रिकेट मैदानमा यो प्रतियोगिता हुनेछ । प्रतियोगिताको एकिन मिती शुक्रबार थाहा हुने बताइएको छ ।

प्रतियोगिता डबल लिग राउण्डमा गर्ने तयारी भइरहेको छ भने यसका लागि क्याम्पमा रहेका खेलाडीलाई तीन टिममा बाढिने भनिएको छ ।

यसका साथै यहि प्रतियोगिताका लागि भनेर क्यानले बन्द प्रशिक्षणमा पाँच जना अरु खेलाडीलाई बोलाएको छ ।

यसअघि क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको थियो ।

Post Add 1025X115
Loading...