अष्ट्रेलियन ओपन टेनिस दुई साता सर्ने संभावना

0

मेलबर्नमा हुने अष्ट्रेलियन ओपन टेनिस दुई साता सर्ने संभावना बढेको छ । भिक्टोरियाको खेलकुद मन्त्रालयले आसन्न अष्ट्रेलियन ओपन बढिमा दुई साता ढिलो सुरु हुनसक्ने बताएका छन ।

यसअघिको तालिका अनुसार अष्ट्रेलियन ओपन जनवरी १८ तारिखबाट हुने थियो । तर अब यो प्रतियोगिता जनवरीको अन्तिमबाट सुरु हुन सक्नेछ । यसका लागि स्थानीय सरकारले विभिन्न टेनिस संस्था र सरकारका पदाधिकारीसँग कुरा भइरहेको बताएको छ ।

खेलकुद मन्त्रालयले यो प्रतियोगिताका लागि विभिन्न मितीहरु हेरिरहेको बताएको छ । अघिल्लो साता प्रतियोगिताका निर्देशक क्रेग टेलीले अष्ट्रेलियन ओपनको मिती दुई सातामा एकिन हुने बताएका छन । नियमित समयमा यो प्रतियोगिता जनवरीको दोस्रो साताबाट नै हुने गरेको थियो ।

तर कोरोनाका कारण यसपटक टेनिसको क्यालेन्डर तलमाथि भएकाले पनि त्यसका असर अष्ट्रेलियन ओपनमा परेको हो । यो प्रतियोगिता सुरु हुने बेलामा करिव १० हजार जनाको कोरोना परिक्षण हुने भएको छ ।

Post Add 1025X115
Loading...