युवा तथा खेलकुद मन्त्रालयले बर्ष २०७७ र ७८ का लागि नेपालको खेलकुद क्षेत्रको विकास र विस्तारमा विशेष योगदान पुर्याएका पत्रकारलाई सम्मान गर्ने योजना अनुसार आवदेन दिन आह्वान गरेको छ ।
जसमा मन्त्रालयले एक जनालाई खेलकुद पत्रकारीता पुरस्कार, सातवटै प्रदेश र कम्तिमा एक जना महिला र एक जना दलित समुदायको प्रतिनिधित्व हुने गरि नौ जनालाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ ।
जसका लागि ३० दिनको सूचना जारी गरेको छ । यसका लागि मन्त्रालयले आफ्नो आधिकारीक इमेलमा सबै डकुमेन्ट बुझाउन भनिएको छ ।