बन्द प्रशिक्षणका लागि पुलिसले खेलाडी रिलिज गर्याे

0

आसन्न राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि विभागिए टिम नेपाल पुलिस क्लवले आफ्ना खेलाडीलाई रिलिज गरेको छ । पछिल्लो पटक क्लवको आन्तरीक प्रशिक्षणमा रहेका खेलाडीलाई राष्ट्रिय टिमको प्रशिक्षणका लागि रिलिज गरेको हो ।

हाल राष्ट्रिय टिमको क्याम्पका लागि बोलाइएको पुलिसका खेलाडीमा दिपेन्द्रसिंह ऐरी, पवन सराफ, आरिफ शेख, ललित राजवंशी, रासिद खान रहेका छन ।

पुलिसले आफ्ना खेलाडीलाई बढुवाको प्रक्रियाका लागि प्रशिक्षणमा राखेको थियो ।

क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई क्याम्पमा बोलाएको छ । जसमा आधा दर्जन खेलाडी पुलिसका रहेका छन । नेपाली क्रिकेट खेलाडी करिव नौ महिनापनि प्रशिक्षणमा फर्किन लागेका हुन । जसका लागि मंगलबार खेलाडीको कोरोना परिक्षण हुने भएको छ ।

Post Add 1025X115
Loading...