लिभरकुसेन बुन्डेस लिगाको दोस्रो स्थानमा उक्लियो

0

जर्मन बुन्डेस लिगा फुटबलमा बायर लिभरकुसेन तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अर्मेनिया बिलफिल्डलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकामा दुई स्थान माथि उक्लिएको हो । लिभरकुसेनको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँग समान १८ अंक भएपनि गोल अन्तरका आधारमा लिभरकुसेन दोस्रो स्थानमा छ ।

लिभरकुसेनलाई जिताउन लियोन बेली र एलेक्जेन्डर ड्रागोभिले एक एक गोल गर्दा बिलफिल्डको खाताको गोल पनि लिभरकै खेलाडी लुकास हेड्रिकेले आत्मघाति गरेका थिए ।

२७ औं मिनेटमा बेलीले गोल गर्दै लिभरकुसेनलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको लिभरकुसेनका हेड्रिकले ४७ औं मिनेटमा आत्मघाति गोल गरेपछि बिलफिल्डले खेल बराबरीमा ल्याएको थियो ।

८८ औं मिनेटमा एलेक्जेन्डरले गोल गरेपछि लिभरकुसनले स्पष्ट तीन अंक लिँदै तालिकाको दोस्रो स्थानमा पुग्न सफल भयो । यस्तै शनिबार नै भएको अर्को खेलमा उल्सबर्गले साल्केमाथि २–० गोल अन्तरको जित दर्ता गर्दा होफिनहेम र स्टुगार्टले तीन तीन गोलको हाइ भोल्टेज बराबरी खेले । यस्तै बोरुसिया मुन्छेनगाडबाखले अक्सवर्गसँग एक एक गोलको बराबरी खेलेको छ ।

Post Add 1025X115
Loading...