बुन्डेस लिगामा शीर्ष स्थानको बायर्नलाई तीन अंकको मात्रै अग्रता

0

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले दोस्रो स्थानको आरबी लिप्जिङसँग ५ अंकको अग्रता बनाउने अबसर गुमाएको छ ।

शनिबार वेडर बरमेइनसँग एक एक गोलको बराबरी खेल्दै एक अंक मात्रै जोडेपछि शीर्ष स्थानको म्युनिखले फराकिलो अग्रता बनाउन असफल भएको हो । म्युनिखको १९ अंक रहँदा लिप्जिङको १६ अंक मात्र छ । लिप्जिङले जारी लिगमा एक खेल कम खेलेको छ ।

हुन त बायर्नले एक गोलले पछि परेको अवस्था उल्टाउँदै एक अंक लिन सफल भएको हो ।
म्याक्सिमिलान इगिस्टनले पहिलो हाफको ४५ औं मिनेटमा गोल गर्दै बेडर बरमेइनलाई अग्रता दिलाएका थिए । किंग्सी कोम्यानले ६२ औं मिनेटमा गोल गरेपछि बायर्न खेलमा फर्कन सफल भयो ।

Post Add 1025X115
Loading...