प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा उक्लियो

0

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा न्युक्यासल युनाईटेडलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।

एक खेल कम खेलेको लेस्टर सिटीको १८ अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको चेल्सीको पनि १८ अंक भएको छ । १० औं मिनेटमा न्यु क्यासलका फेडरिको फर्नान्डेजले आत्मघाति गोल गरेपछि चेल्सीले अग्रता कायम गरेको थियो । पहिलो हाफमा १ गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा एक गोल थपेको थियो । चेल्सीका लागि टेमी अब्राहमले गोल गरेका थिए ।

टिमो वार्नरको पासमा अब्राहमले ६५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । सोही अग्रता चेल्सीले अन्तिमसम्म कायम राख्न सफल भयो र प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो ।

Post Add 1025X115
Loading...