रियालसँग राेनाल्डाे किन नजिक हुन खाेजिरहेका छन्?

0

सन् २०१८ मा जब क्रिस्टियानो रोनाल्डो रियाल मड्रिड छोडेर युभेन्टस गएका थिए, त्यसपछि उनले सो क्लवका बारेमा खासै चासो दिएका थिएनन् । उनले मात्र मार्सेलोसँग आफ्नो सम्बन्धलाई काम राखेका थिए ।

तर पछिल्लो पटक उनी फेरी रियालसँग नजिक हुन खोजिरहेका छन । किनकी इटालीयन क्लव युभेन्टसबाट रोनाल्डो बाहिरिने योजनामा छन भने क्लवले पनि सर्वाधिक तलव पाउने खेलाडीलाई विक्रि गर्न पाएमा झन राम्रो हुने चाहना राखेको छ । किनकी कोरोनाका कारण युभेन्टसको अवस्था केहि कमजोर बनेको छ ।

रियालबाट बाहिरीएपछि सोहि क्लवका लुका माड्रिचले बलुन डी योर अवार्ड पाउँदा उनी सो कार्यक्रममा नै गएका थिएनन् ।

गत मार्च एक तारिखबाट रोनाल्डोको रियालप्रतिको नजरिया परिवर्तन भएको छ । रियालले बार्सिलोनासँगको एल क्लासिकोमा जित निकाल्दापनि उनले सोसियल मिडियामा तारिफ गरेका थिए । उनले आफ्नो पूर्व क्लवविरुद्ध यसरी प्रतिक्रिया दिएको करिव दुई बर्षपछि हो ।

अब रोनाल्डो युभेन्टसबाट बाहिरीने चर्चा भइरहेपनि यदि उनी इट्ली छोडेर अर्को लिगमा जान्छन भने उनले कर छुटका लागि इट्ली जस्तो क्लव नपाउने फुटबल विश्लेषकको भनाई छ ।

तरपनि दुई बर्षमा नदेखिएको रोनाल्डोको रियाल प्रतिको परिवर्तन फेरी देखिएको छ । यसले के उनी फेरी रियालमा फर्किन चाहिरहेका छन भन्ने कौतुहल सबैमा जगाएको छ ।

Post Add 1025X115
Loading...