क्रिकेट टिमकाे फिटनेस ट्रेनरमा भारतीय हटकर नियुक्त

0

नेपाल क्रिकेट संघले आसन्न राष्ट्रिय टिमको प्रशिक्षणका बेला सहयोगका लागि भारतबाट फिटनेस प्रशिक्षक झिकाएको छ ।

क्यानले भारतका आशे हटकरलाई क्याम्पकालागि झिकाएको हो । मंसिर १० गतेबाट सुरु हुने क्रिकेट टिमको प्रशिक्षणमा उनले फिटनेस प्रशिक्षकका रुपमा काम गर्नेछन ।

मुम्बईका यी फिटनेस ट्रेनरले यसअघि इन्डियन ओलम्पिक टिमसँग सहायक ट्रेनरका रुपमा काम गरेका थिए । उनीसँग यो फिल्डको १२ बर्षको अनुभव रहेको छ ।

एसीएसएम सर्टिफाइड ट्रेनर हटकरले नेपाली टिमका फिजियोसँग सहकार्य गर्नेछन । उनी मङ्सिर ८ गते क्रिकेट टिमकाे पीसीआर परिक्षण गर्दासम्म नेपाल आइपुग्ने बताइएकाे छ ।

Post Add 1025X115
Loading...