‘फिफा द बेष्ट अवार्ड’ डिसेम्बर १७ मा भर्चुअलबाट हुने

0

‘फिफा द बेस्ट अवार्ड’ समारोहकाे मिती तय भएकाे छ । काेराेना भाइरसका कारण यसपटक याे अवार्ड डिसेम्बर १७ मा भर्चुअलबाट हुने भएकाे छ ।

विश्व फुटबलको सर्वोच्च निकायले विज्ञप्ति जारी गर्दै ‘फिफा द बेस्ट अवार्ड’ सार्वजनिक स्वास्थ्य सावधानी र विश्व स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अनलाइनकाे माध्यमबाट गर्ने बताएकाे छ ।

‘फिफा द बेस्ट अवार्ड’ अन्तर्गत फिफाले सर्वश्रेष्ठ पुरुष र महिला खेलाडीसँगै प्रशिक्षक, गोलकिपर, बेस्ट ११, सर्वोत्कृष्ट गोललाई पुरस्कार प्रदान गर्नेछ ।

विजेताकाे निधाे सम्बन्धित राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक, २०० जना पत्रकारसँगै, फुटबल समर्थकहरुले अनलाईनबाट गरेकाे भाेटिङका आधारमा घाेषणा गरिनेछ । अनलाईन भाेटिङकाे मिती नोभेम्बर २५ बाट सुरु भएर डिसेम्बर ९ मा सकिनेछ ।

यसअघिका बर्षमा सेप्टेम्बरमा आयोजना हुदै आएकाे याे अवार्ड यसपटक काेराेनाका कारण सरेकाे हाे ।

Post Add 1025X115
Loading...