‘भारतीय टिममा नपरेपछि एक छाक खाना नै छाेडे’

0

इन्डियन प्रिमियर लिगको १३ औं सिजनको उपाधि मुम्बई इन्डियन्सले जित्दा महत्वपुर्ण योगदान गरेका खेलाडी हुन शुर्यकुमार यादव । तर उनी भारतको अष्ट्रेलिया भ्रमणमा भने टिममा परेनन् । जसका कारण उनी निकै रुष्ट भएर खाना नै नखाएर एकैपटक आइपीएलको ४८ औं खेल खेलेको बताएका छन ।

आइपीएलको १३ औं सिजनको ४८ औं खेलमा बैंग्लोरका कप्तान तथा भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका विराट कोहलीसँगको विवादका बारेमा पहिलो पटक जवाफ दिएका छन ।

उनले आफु अष्ट्रेलिया भ्रमणका लागि छनोट नहुँदा प्रशिक्षण पनि नगरेको र साझै बैंग्लोरसँग अर्को दिनको खेल खेलेको बताए ।

यसपटक अष्ट्रेलिया टुरमा उनी टिममा पर्नेमा ठूलो आशावादी रहेको बताएका थिए । तर जब टिमको छनोटको खवर आयो, त्यो बेला आफु प्रशिक्षण गरिएको र आफ्नो नाम टिममा नभएको थाहा पाएपछि प्रशिक्षण गर्ने मुड नै हराएको बताए । त्यसपछि आफुले कोहिसँग कुरापनि नगरेको बताए ।

यादव आइपीएलमा दुई हजार रन बनाउने एक्लो अनक्याप्ड खेलाडी हुन । उनले मुम्बईबाट पछिल्लो तीन सिजनमा हरेक सिजन चार सय भन्दा बढि रन बनाएका छन ।

Post Add 1025X115
Loading...