जापानको टोकियोमा हुने टोकियो ओलम्पिककालागि नेपालबाट एथ्लेटिक्समा सहभागिता जनाउने खेलाडीको टुंगो लागेको छ ।
यसअघिका केहि संस्करणमा मध्यम दुरीका धावकलाई सहभागिता गराउदै आएको नेपालले टोकियो ओलम्पिकमा म्याराथन विधामा सहभागिता जनाउने भएको छ । जसका लागि गोपिचन्द्र पार्कीलाई छनोट गरिएको छ ।
पछिल्लो पटक एथ्लेटिक्सका कुनै पनि प्रतिस्पर्धा नभएका बेला नेपालगञ्ज म्याराथनलाई आधार मानेर नेपाल ओलम्पिक कमिटीले आसन्न ओलम्पिकमा खेलाडी छनोट गरेको हो । जसमा नेपालगञ्ज म्याराथनको विजेता बनेका गोपीचन्द्र पार्की टोकियोका लागि छनोट भएका छन ।
विभागीय क्ल्ब एपीएफका खेलाडी गोपीचन्द्र पार्कीले छैटौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । यो सँगै गोपी टोकियो ओलम्पिकका लागि पनि छनोट भएका छन् ।
नेपालगञ्जमा आज विहान भएको म्याराथनमा गोपीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे ।
यस्तै आर्मीका कृष्ण बस्नेत दोस्रो भए । बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे ।