छैटौं धारा नेपालगञ्ज म्याराथन अन्तर्गत हाफ म्यारथनको उपाधि पुष्पा भण्डारीले जितेकी छिन् ।
नेपालगञ्जमा आज भएको म्याराथनमा विभागीय क्लब एपीएफकी भण्डारीले १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा दौड पुरा गर्दै उपाधि जितेकी हुन् ।
यसैगरी जुम्लाकी मन्जु रावत दोस्रो भइन् । उनले १ घण्टा ३० मिनेट सात सेकण्डमा दूरी पुरा गरेकी थिइन् ।
१ घण्टा ३८ मिनेट १४ सेकेण्डमा दूरी पुरा गर्दै दाङकी शर्मिला घर्ती तेस्रो भइन् ।
पहिलो भएकी पुष्पाले ३० हजार नगद पुरस्कार पाउँदा दोस्रो भएकी मन्जुले १५ र तेस्रो भएकी शर्मिलाले १० हजार नगद पुरस्कार पाउने छन् ।