रिक्सा चलाएर क्रिकेटर बनाएका पिताकाे अन्तिमपटक अनुहार हेर्न पाएनन् सिराजले

0

अष्ट्रेलियासँगको सिरीजका लागि भारतीय टिममा रहेका तिब्र गतिका बलर मोहम्मद सिराजका पिताको निधन भएको छ । यूएईमा इन्डियन प्रिमियर लिग खेलेर उतैबाट अष्ट्रेलिया पुगेका सिराजका पिताको शुक्रबार राति निधन भएको हो ।

उनले पिताको निधनका खबर अभ्यासबाट फर्किएपछि थाहा पाएका थिए । भारतीय टिमबाट खेल्ने सपना पुरा गर्ने बाटो रहेका सिराजको प्रदर्शनलाई अब उनका पिताले हेर्न नपाउने भएका छन ।

यतिमात्र होइन, सिराजले पनि आफ्ना पिताको अन्तिम पटक अनुहार हेर्न नपाउने भएका छन । उनी अष्ट्रेलियाबाट फर्कन नपाउने भएपनि पिताको दाहसस्कारण सहभागि हुन नपाउने भएका छन ।

सिराजको पिताको निधनको दुखद खवरलाई उनले आइपीएल खेलेको टिम बैंग्लोरले सोसियल मिडियामा राखेको थियो । भारतीय टिम अहिले क्वारेन्टिनका विचपनि अभ्यास गरिरहेको छ ।

सिराजका पिता लामोसमय देखि फोक्सोको समस्याबाट गुज्रिरहेका थिए । पिताको निधनको खवरले निकै मर्माहित भएका सिराजले अब बुवाको सपना पुरा गर्ने बताए । उनी सात बर्षको हुँदा उनको दाईको निधन भएको थियो । त्यसपछि उनको क्रिकेट खेल्ने चाहनालाई पिताले साथ दिएका थिए ।

उनका पिताले रिक्सा चलाएर उनलाई क्रिकेटर बनाएका थिए । निकै गरिव परिवारबाट आएका सिराजको करियरले सन् २०१६ बाट उडान लिएको थियो । त्यो बेला उनले रञ्जि ट्रफिमा एक सिजनमा ४१ विकेट लिएका थिए । त्यसपछि उनी आइपीएलमा छनोट भएका थिए ।

Post Add 1025X115
Loading...