दक्षिण अफ्रिकाकाे अर्काे खेलाडीमा पनि काेराेना

0

इंग्ल्याण्डसँगको सिरीज अगाडी दक्षिण अफ्रिकी क्रिकेट टिममा अर्को खेलाडीलाई कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

पछिल्लो पटक गरिएको परिक्षणमा दक्षिण अफ्रिकाका अर्को एक खेलाडीमा कोरोना देखिएको हो ।

कोरोना पोजेटिभ देखिएपछि ती खेलाडीलाई आइसोलेसनमा राखिएको छ भने केप टाउनमा टिमको बायोसेक्युअरबाट पनि हटाइएको छ ।

अहिले कोरोना देखिएका खेलाडीसँग कोहिपनि सम्पर्कमा नभएको दक्षिण अफ्रिकी क्रिकेट संघले जनाएको छ । तर टिमको एक अर्कासँगको प्रशिक्षण भने स्थगित गरिएको छ ।

अर्को शुक्रबारबाट सुरु हुने एकदिवसिय सिरीज पछिल्लो पटक खेलाडीमा देखिएको कोरोनाले कुनै असर पर्छ की पर्देन भन्नेमा केहि बताइएको छ ।

पछिल्लो पटक पोजेटिभ देखिने खेलाडीको नाम भने खुलाइएको छैन । चिकित्सकको सुझावका आधारमा खेलाडीको नाम गोप्य राखिएको छ ।

 

Post Add 1025X115
Loading...