‘एनपीएलकाे प्रस्तावमा छलफल मात्र भएकाे हाे, जिम्मा नै दिएकाे त हाेइन नी’-अध्यक्ष चन्द

क्यानकाे आर्थिक अवस्था कसरी बलियाे बनाउने भन्ने मुख्य चिन्ता-काेषाध्यक्ष सिंह

0

नेपाल क्रिकेट संघ क्यानको ठूलो र ड्रिम योजनका रुपमा रहेको नेपाल प्रिमियर लिगको आयोजना भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस प्रालीलाई दिने प्रस्तावको समाचार बाहिरीएपछि फेरी एक पटक क्यानको ठूलो आलोचना भयो । कारण विदेशी कम्पनीले प्रतियोगिता आयोजना गर्न किन दिइयो भनेर । सोसियल भिडिया र विभिन्न समाचार माध्यममा क्यानको चर्को आलोचना भयो ।

यो विषयमा विभिन्न क्रिकेट निकत ब्यक्तिहरुले आफ्नो भनाई सोसियल मिडियामा राखे । उनीहरु कै भनाईलाई उदृत गर्दै विभिन्न समाचार पनि बने । आखिर क्यानले नेपाल प्रिमियर लिग भारतीय कम्पनीलाई दिने प्रस्ताव किन गर्ने भनियो । के भारतीय कम्पनीले मात्र नेपालमा यो प्रतियोगिता गर्न सक्छन र भन्ने प्रश्नहरु उब्जिएका छन । नेपालमा प्रिमियर लिग गर्दै आएका ब्यक्तिले पनि नेपालले यसको आयोजना गर्नुपर्छ भन्ने भनाईपनि राखे ।

तर नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुबहादुर चन्दले यो विषयमा आलोचना हुनुपर्ने कुनै कारण नभएको बताउछन । किनकी नेपाल क्रिकेट संघ क्यानले अहिले प्रस्तावमात्र गरेको हो । बोर्ड बैठकमा यो विषयमा छलफल हुँदा बार्षिक साधारण सभामा सबैको रायलाई बुझेर सुवावलाई संकलन गरेर अर्को बोर्ड बैठकबाट के गर्ने भन्ने निधो गर्ने योजना भएको बताए । अहिले नै भारतीय कम्पनीलाई दिने निधो भइसकेको छैन । अब साधारण सभामा धेरै किसिमका रायहरु आएका छन, उनीहरुको अध्ययन भइरहेको छ, त्यसको मुल्यांकन गरेर बोर्ड बैठकबाट के गर्ने भन्ने निधो हुने बताए ।

हावामा कुनैपनि कम्पनीलाई यत्रो प्रतियोगिता गर्न दिन क्यानपनि विना गृहकार्य दिदैन । यसका लागि क्यानले विभिन्न मापदण्ड बनाउछ, यदि त्यो मापदण्ड दोस्रो पक्षले पुरा गर्न तयार हुन्छ भने अनिमात्र निधो हुने बताए ।

के के मापदण्ड हो त भन्ने प्रश्नमा चन्दले भने, खेलाडीले दिने रकम, क्यानलाई आउने किस्ताको रकम, अहिलेको बढि आलोचना भएको १० बर्षको अवधि धेरै भयो भन्ने हो, तर यसलाई परिमार्जन पनि गर्न सकिन्छ । अहिले नै त्यो कम्पनीलाई प्रतियोगिता आयोजनाका लागि सुम्पिसकेको भने छैन । अझैपनि समय छ, हामीहरु अध्ययन गर्छो, यदि भारतीय कम्पनीले क्यानलाई आउने रकमको नेपाली बैंकको वारेन्टी गर्छ भने तब के गर्ने भन्ने कुरा पनि आउँछ ।

अहिलेको अवस्था क्यानले बार्षिक साधारण सभाबाट जतिपनि राय र सुझाव संकलन गरेका छन, त्यसपछि निचोड कार्यसमितीको बैठकले गर्ने हो ।
त्यो सम्झौता हुनपनि सक्छ नहुन पनि सक्छ । अहिले भन्ने हो भने भारतीय कम्पनीसँग सम्झौताको प्रस्तावमात्र भएको हो, अध्यक्ष र सचिवले एजीएममा प्रस्ताव लाने कुरा पुरा भएको हो, बाँकी अझै ९० प्रतिशत काम लगभग हुनै बाँकी छ । यसमा धेरै कुराको ध्यान दिन जरुरी रहेको छ, खेलाडीको सुविधा, पुर्वाधारको अपग्रेड लगायतका कुराहरु छन ।

चिन्ता आर्थिक समस्याकाे

नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिती आएपछि राम्रोसँग काम गर्न नपाउँदै कोभिडले पिल्यो । यो विचमा हुनुपर्ने काम भएनन् । २०२० मा आइसीसीबाट बार्षिक रकम करिव सात लाख डलर आउथ्यो, त्यसले २०२० मा कुनैपनि प्रतियोगिता भएनन्, खेलाडीको प्रशिक्षकपनि भएन, जसका कारण क्यानलाई सबै हिसाव मिलाउन सजिलो भयो, तर २०२१ मा आइसीसीले पठाउने रकम लगभग त्यहि रहेको छ भने संघको खर्च लगभग दोब्बर हुने अवस्था रहेको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले बताए ।

किनकी खेलाडीको तलव, कर्मचारीको तलव, नयाँ नियुक्त हुने जीएम, फाइनान्स म्यानेजर, क्रिकेट म्यानेजर, प्रशिक्षकका लागि मात्र सात करोड भन्दा बढि खर्च हुन्छ, त्यसमा पनि खेलाडीको प्रशिक्षक, होटल खर्च, प्रशिक्षणका बेलाको खर्च गरेर एउटा टुरका लागि कम्तिमा ३० लाख रुपैयाँ खर्च हुन्छ, २०२१ मा नेपालको सिनियर टिमले मात्र ५ वटा सिरीज खेल्दैछ । त्यसमा उमेर समुह र महिला टिमको छुटैछ, यस्तो अवस्थामा २०२१ मा सबै गरेर खर्चमात्र १५ करोड भन्दा बढि हुन आउछ, सिंहले भने ।

अहिले क्यानसँग कुनै प्रायोजक छैन, खर्च बढ्ने अवस्थामा एनपीएलबाट राम्रो आम्दानीको अपेक्षा क्यानले गरेको छ । त्यहि कारणले पनि बर्षको चार करोड रुपैयाँ पाउनु आफैमा ठूलो कुरा हो । तर त्यसका लागि सबै पारदर्शिता क्यानले गर्नेछ ।

अहिले विभिन्न फ्रेन्चाइजी लिग गर्ने मानिसले विभिन्न प्रतिक्रिया दिएका छन, तर उनीहरुले पनि कुन तरिकाले प्रतियोगिता गरेका छन, खर्च कसरी जुटाएका छन, त्यो सबैलाई जगजायजै भएकाे उनको दावी छ । सिंहका अनुसार जतिपनि कुरा आउछ, अन्तिममा आर्थिक रुपमा नै जोडिन्छ, चाहे त्यो खेलाडीको विकाशमा होस या, कुनैपनि ग्रासरुट क्रिकेटको विकाश । त्यसैले अहिले क्यानलाई कसरी आर्थिक रुपमा बलियो बनाउने भन्ने मुख्य जोड हो, त्यसमा पनि एनपीएलको सम्झौता भइसकेको छैन, अहिले त छलफल न हो, छलफल त जे मा पनि गर्न पाइन्छ, होइन र भन्ने प्रतिप्रश्न गरे ।

यदि एनपीएल गर्नका लागि क्यानले त्यसै हचुवाको भरमा जिम्मेवारी पक्कै दिदैन । त्यसकालागि धेरै गहिरो तयारी र छलफल हुन्छ, त्यसैले हतारमा अनेकथरी कुरा गर्नुपनि उचित नहुने सिंहले बताए ।

क्यानले एनपीएललाई नेपालमा गर्दा के हुन्छ, भन्नेमा पनि ध्यान दिनपर्छ । जुन किसिमको प्रतिक्रिया क्यानले पाएको छ, त्यस्ता भनाईहरु राख्नेसँगपनि एक चरण छलफल गर्न आवश्यक छ ।

Post Add 1025X115
Loading...