नेपालपछि कतारसँग खेल्न बङ्गलादेश टिम दाेहा प्रस्थान

0

नेपालसँग दुई वटा मैत्रीपुर्ण खेल खेलेको तेस्रो दिन बंगलादेश फुटबल टिम फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि कतार उडेको छ ।

बंगलादेशले विश्वकप छनोटको दोस्रो चरणमा एशियन च्याम्पियन कतारसँग डिसेम्बर चार तारिखमा खेल्ने तालिका छ ।

कतारसँगको खेलका लागि बंगलादेशी टिमका मोनजुर रहमान र नबिब जिबान जान पाएनन् । रहमानलाई कोरोना पोजेटिभ देखिएको छ, त्यसमा पनि उनी चोटग्रस्त भएका थिए ।

यस्तै जिबानले कतार टुरबाट नाम फिर्ता लिएका थिए । रहमानको तीन दिनपछि फेरी परिक्षण हुने र त्यसमा यदि उनको रिपोर्ट नेगेटिभ आएमा त्यसपछि कतार जाने बताइएको छ ।

Post Add 1025X115
Loading...