नेपाली टिम विहीबार काठमाडौं आउने, किरण कोलकता जाने

0

बंगलादेशसँग २ वटा मैत्रीपूर्ण म्याचका लागि ढाका आएको नेपाली राष्ट्रिय टिम विहीबार काठमाडौं फर्कने भएको छ । नेपाली टिम विहीबार विहान हिमालयन एयरलाइन्सको चार्टड फ्लाइटबाट काठमाडौं जाने छ ।

काठमाडौंबाट २५ जना खेलाडी र ११ जना अफिसियल गरि ३६ जनाको टोली ढाका आएको थियो । ढाकाबाट भने २४ जना खेलाडी र ११ जना अफिसियल गरि ३५ जना मात्रै फर्कने छन् । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आईलिग खेल्नका लागि भारत जाने छन् । त्यसका लागि किरण भने वुधबार नै कोलकता पुग्ने तालिका रहेको छ ।

बंगलादेशसँग पहिलो खेलमा पराजित भएको नेपाली टिमले दोस्रो खेल भने गोलरहित बराबरीमा रोकिएको थियो । मैत्रीपूर्ण भनिए पनि बंगलादेश फुटबल फेडरेशनले यो म्याचलाई ‘मुजिव बोर्सो सिरिज’ नाम दिएको थियो । जसमा पहिलो खेल जितेको बंगलादेशले उपाधि पनि हात पारेको छ ।

Post Add 1025X115
Loading...