बंगलादेशसँगको दोस्रो म्याचका लागि नेपालको तयारी (भिडियो)

0

नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो तथा सिरिजको अन्तिम खेलका लागि तयारी शुरु गरेको छ ।

शुक्रबार बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोली बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको नेपालले आइतबार र सोमबार दोस्रो खेलका लागि मैदानमा अभ्यास गर्ने छ ।

आइतबार नेपाली टिमले शेख जमल धनमुण्डी मैदानमा अभ्यास गरेको छ । यो दुई दिनमा पहिलो खेलमा भएको कमजोरीहरु सुधार गरेर दोस्रो खेलका लागि तयारी गर्ने जनाइएको छ ।

दोस्रो खेलका लागि शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट सवैको नेगेटिभ आएकाले खेलाडीहरु उत्साहित पनि भएका छन् ।

पहिलो खेल अघि एक जना खेलाडीलाई कोरोना संक्रमण भएपछि तनावमा रहेको नेपाली टिम उनी पनि खेल्न योग्य भएपछि झनै उत्साहित भएको छ ।

Post Add 1025X115
Loading...