एनएनआइपीएले प्रत्येक बर्ष राइजिङ प्लेयरकाे अवार्ड दिने

0

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीएले प्रत्येक बर्ष ‘राइजिङ प्लेयर अफ दी ईयर’ अवार्ड दिने बताएको छ ।

यसका साथै एनएनआइपीएले स्काई ब्राण्ड नेपालसंग प्रायोजन सम्झौता पनि गरेको छ । ५ बर्षसम्मका लागी गरिएको सम्झाैतामा स्काई ब्राण्ड नेपालले प्लेयर अफ दी ईयर अवार्डका लागी बर्षकाे १ लाख रुपयाँ प्रदान गर्ने छ । जसको प्रायोजनमा एनएनआईपीएले ५० हजार पुरस्कार राशीको प्लेयर अवार्ड अफ दी ईयर प्रदान गर्ने भएकाे छ ।

सम्झौता पत्रमा एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठ र स्काई ब्राण्ड नेपालका प्रमुख मनोज कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए । योसंगै एनएनआईपीएले हरेक वर्ष आयोजना गर्दै आएको स्पोर्टस् अवार्डमा स्काई ब्रान्ड नेपाल पनि समावेश भएकाे छ ।

एनएनआईपीएले हरेक बर्ष एनएनआईपीए सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, प्रतिभावान महिला र पुरुष खेलाडी, गजराज जोशी आदर्श खेलाडी र एनएनआईपीए खेल पत्रकारीता पुरस्कार प्रदान गर्दै आएको छ । यसमा अब राइजिङ प्लेयर अफ दी इयर उपाधि पनि रहनेछ ।

Post Add 1025X115
Loading...