विम्बल्डन आयाेजकले १७४ मिलियन पाउण्ड बीमाबाट पाउने

0

कोरोना भाइरसका कारण यो बर्ष हुनुपर्ने विम्बल्डन टेनिस प्रतियोगिता रद्द भयो ।

प्रतियोगिता नभएपनि अल इंग्ल्याण्ड क्लवले बीमाबाट एक सय ७४ मिलियन पाउण्ड पाउने पक्का भएको छ । जसका कारण प्रतियोगिता नभएपनि आयोजकलाई खासै घाटा नहुने भएको छ ।

प्रतियोगिता रद्द भएपछि आयोजकले बीमा कम्पनीसँग रकमका लागि प्रस्ताव गर्दा एक सय मिलियन पाउण्ड भन्दा बढि दिन नमिल्ने अडान राखेको थियो । तर लामो समयको छलफल पनि अल इंग्ल्याण्ड क्लवले आफुले मागेको रकम पाउने भएको छ ।

अल इंग्ल्याण्ड क्लवले यो प्रतियोगिताको बीमा बर्षको एक दशमलव पाँच मिलियनको गर्दै आएको थियो ।

जसको आधारमापनि ठुलो बीमा पाउने भएको हो । यो खेलकुदका इतिहासमा नै कुनै पनि प्रतियोगिताको आयोजकले पाउने ठुलो रकम हो ।

Post Add 1025X115
Loading...