नेपालगञ्ज म्याराथनकाे विजेताकाे पुरस्कार रकममा बढ्याे

0

मंसिर ६ गते हुने छैटौं नेपालगञ्ज म्याराथनको विजेताकाे पुरस्कार राशी बढाइएकाे छ । यसपटककाे विजेताले ७५ हजार रुपैयाँ पाउने भएका छन ।

क्रिएटिभ ह्यान्ड्स तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सकाे आयाेजनामा हुने प्रतियाेगिताकाे विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने आयाेजकले बिज्ञेप्ती मार्फत उल्लेख गरेका छन । यसअघिका स‌स्करणमा विजेताले ५५ हजार रुपैयाँ पाउदै आएका थिए । यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौंले ५ हजार रुपैयाँ पाउनेछन् ।

महिला हाफ म्याराथनमा पहिलाे हुनेले ३० हजार, दोस्राेले १५, तेस्रो हुनेले १० हजार रुपैयाँ हात पार्नेछन । यस्तै चौथोले ७, पाँचौंले ६ हजार र छैटौं हुने हुनेले ५ हजार रुपैयाँ हात पार्ने भएका छन  ।

याे रेसकाे पहिलो संस्करणमा आर्मीका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद च्याम्पियन बनेका थिए ।

त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

Post Add 1025X115
Loading...