‘टाेकियाे ओलम्पिककाे प्रशिक्षणका लागि बिदेशी प्रशिक्षक झिकाइने’

0

नेपाल ओलम्पिक कमिटीकाे बार्षिक साधारण सभा भर्चुअलबाट नै गरिएकाे छ । जसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले कोभिड–१९ का कारण नवौ राष्ट्रिय खेलकुद समयमा नहुने बताए ।

मन्त्री विश्वकर्माले कोभिड–१९ का कारण विश्वनै प्रभावित भइरहेको बेला नेपालमा पनि ठुलाे असर गरेकाे बताउँदै उनले “यदि कोभिड महामारी नभएको भए यतिवेला हामी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा हुने थियौं, तर त्यो अहिलेको अवस्थामा सम्भव हुन सकेको छैन ।”

मन्त्री विश्वकर्माले नेपाली खेलकुद जिवनलाई सामान्यीकरण तर्फ अघि बढाउन सरकारले निर्णय गरेको बताउँदै मन्त्री विश्वकर्माले जोखिम तथा सवै चुनौतीका बावजुद पनि खेलकुद अघि बढाउनुपर्ने बताए । नेपालको ओलम्पिक अभियान लामो समयको विवाद पछि एकजुट भएर अगाडी वढेको प्रति सम्पुर्ण ओलम्पिक कमिटी बधाईको पात्र बनेको बताउँदै उनले खेलकुद विकास ऐनले समेत ओलम्पिकलाई महत्वका परिभाषित गरेको समेत बताए ।

उनले भने–“लामो समय देखिको विवाद समाधानका लागि मन्त्रालयले जुन पहल गर्यो र त्यसका लागि जुन विश्वास तथा सर्मथन प्राप्त भयो त्यौ निकै सुखद रह्यो ।” उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले टोकियो ओलम्पिक परिषदले आफ्नो तयारी शुरु गरिसकेको बताउँदै अन्तर्राष्ट्रिय प्रशिक्षकहरुलाई नेपाल बोलाएर भए पनि प्रशिक्षण दिने बताए । उनले कोभिड १९ को महामारीबाट खेलाडीलाई जोगाउँदै परिणाममुखी बनाउनुपर्ने धारणा राखे। सातवटै प्रदेशमा खेलकुदलाई सूचारु गर्न राखेपले सोच समेत बनाइसकेको जिकिर गरे ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष रुक्म शम्सेर राणा, मानार्थ सदस्य धुर्व बहादुर प्रधान, पूर्व खेलकुद मन्त्री शरदसिंह भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, ओलम्पियन दिपक विष्ट, एनओसीका उपाध्यक्ष चतुरानन्दराज वैद्य, महासचिब निलेन्द्रराज श्रेष्ठले नेपालको ओलम्पिक अभियानलाई अगाडी वढाउन एक जुट हुँदै अगाडी वढ्नुको विकल्प नरहेको धारणा राख्दै स्वास्थ्यका मापदण्ड अपनाउँदै खेलकुद क्षेत्रलाई सूचारु गर्नेमा अरु विकल्प नभएको धारणा राखेका थिए ।

उद्घाटन सत्र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम सांसद जिवनराम श्रेष्ठको अध्यक्षतामा भएको थियो । कोभिड १९ का कारण एनओसीले आफ्नो साधारणसधा भर्चुअल मार्फत गरेको हो ।

Post Add 1025X115
Loading...