अभ्यास रंगशालामा गराउने तयारी, कप्तान भरत र किरण मध्ये एक

बंगलादेशसँगकाे म्याचमा नेपालकाे सकारात्मक नतिजा आउँछ : प्रशिक्षक महर्जन

0

कोरोना भाइरसको महामारीका कारण नेपाली खेलकुद अहिले ठप्प प्राय छ । गत चैतमा शुरु भएको लकडाउन पछि नेपाली खेलाडीहरु मैदान फर्कन पाएका छैनन् । केही खेलाडीले व्यक्तिगतरुपमा अभ्यास शुरु गरेको भए पनि औपचारिकरुपमा शुरु हुन पाएको थिएन । यस्तोमा विहीबारदेखि नेपाली फुटबल खेलाडीहरु अभ्यासका लागि मैदान उत्रने भएका छन् ।

यसै महिनाको २८ गते र मंसिर २ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेकाले नेपाली टिमले विहीबारदेखि अभ्यास शुरु गर्न लागेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमै रहेकाले नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग २ वटा मैत्रीपूर्ण म्याच खेल्न लागेको हो ।

एन्फाले महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि नेप्लेजसँग कुरा गर्दै आज बुधबार सबै खेलाडीहरु काठमाडौं आइपुग्ने र विहीबारदेखि प्रशिक्षण शुरु गर्ने योजनामा आफू रहेको जानकारी दिए ।

लामो समयदेखि खेलाडीहरु मैदानमा उत्रन नपाएकाले चुनौती रहेको स्वीकार गरे । उनले भने ‘कोरोना महामारीका कारण खेलाडीहरु व्यक्तिगतरुपमा घरमै अभ्यास गरेपनि छोटो समयमा टिमलाई अभ्यास गराएर बंगलादेशसँग खेल्नु पक्कै चुनौती पूर्ण कुरा हो ।’

सँगसँगै उनले कोरोना महामारीले सवैलाई प्रभाव पारेकाले उनीहरुको अवस्था पनि उस्तै रहेको उल्लेख गरे । सात आठ दिनको प्रशिक्षणले खेल्न जान लागेको भएपछि उनीहरुले पनि अभ्यासका लागि धेरै समय नपाएकाले गेम समान हैसियतकै हुने अपेक्षा गरेको बताए । नेपालले बंगलादेशसँग खेल्दै आएको र राम्रो नतिजा निकाल्दै आएकाले धेरै आत्तिनुपर्ने अवस्था भने नरहेको उल्लेख गरे ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै अभ्यास गर्ने योजना बनाएको पनि प्रशिक्षक महर्जनले बताए । क्याम्प पनि त्यही राख्ने योजना रहेको र त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गरेर काम गर्ने पनि सुनाए ।

नेप्लेजले प्रशिक्षक महर्जनलाई तपाई यो जिम्मेवारीबाट कतिको उत्साहित हुनुहुन्छ त भन्ने प्रश्नमा जवाफ यस्तो छ, ‘नेपाली फुटबल र एन्फालाई आवश्यक परेको खण्डमा म जहिले पनि तयार नै रहेको छु । मैले आवश्यक परेका बेला युथ, जुनियर सिनियर सबै टिमका लागि काम गरिसकेको छु । त्यही अनुसार देशलाई नतिजा पनि दिएको छु । धेरै ग्याप पछि खेलाडीहरुलाई पनि कहिले खेलौं भन्ने भइरहेका बेला सबैको साथले राम्रो नतिजा आउँछ ।’

नेपाली टिमका नियमित कप्तान विराज मर्हजन पछिल्लो समय टिममा छैनन् । जसले गर्दा नेपाली टिमको कप्तान को भन्ने प्रश्न बारम्बार आउने गर्छन । कहिले कसैले त कहिले कसैले कप्तानी गरिरहेकाले यो पटक पनि कप्तान को भन्ने प्रश्न कायमै छ । यो प्रश्नमा प्रशिक्षक महर्जनको जवाफ थियो, ‘टिममा रहेका सिनियर खेलाडीमा किरण चेम्जोङ र भरत खवास छन् उनीहरु मध्य एक जना कप्तान हुन्छन् । यस विषयमा केही दिनमा निर्णय हुन्छ ।’

Post Add 1025X115
Loading...