फाविन्हो मेरा अन्तिम अस्त्र हुन्ः क्लोप

0

मंगलबार राती च्याम्पियन्स लिग अन्तर्गत मिड्जिल्यान्डबिरुद्धको जितका बाबजुद आफ्नो टिममा रक्षात्मक कमजोरी देखेका लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले फाविन्होको चोटप्रति लक्षित गरी आफ्नो अन्तिम अस्त्र भएको बताएका छन् ।

Advertisement

समूह डी अन्तर्गत एनफिल्डमा भएको खेलमा २-० को जितका दौरान फाविन्हो ह्यामस्ट्रिङको चोटका कारण भिर्गिल भान डाइक र जोएल माटिपसँगै बाहिर रहनुपर्ने स्थिति भयो ।

सेन्टर ब्याक भान डाइक चोटग्रस्त भएपछि क्लोपले फाविन्होलाई लिभरपुलको रक्षापंक्तिको मुख्य जिम्मा दिएका थिए । नेदरल्यान्डका भान डाइकले अघिल्लो साता एभर्टनसँगको खेलका क्रममा घुँडाको गम्भीर चोट बोकेका छन् ।

‘उनले ह्याम्स्ट्रिङ महशुस गरेका छन् र यो राम्रो होइन,’ लगातार दुई जितपछि समूह डी को शीर्ष स्थानमा पुगेपछि फाविन्होको चोटबारे सोधिएको प्रश्नमा क्लोपले भने, ‘उनले भनेका छन् कि उनी खेल्न सक्छन् तर दौडन अप्ठेरो भइरहेको छ । एक्स रे पछि थप कुरा भन्न सकिएला तर अहिलेका लागि राम्रो भएन ।’

 

Post Add 1025X115
Loading...