च्याम्पियन्स लिगः बार्यन म्युनिख र एट्लेटिको मड्रिड विजयी

0

नेप्लेज । युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणका खेलहरुमा साविक विजेता बार्यन म्युनिख, लिभरपुल र म्यानचेस्टर सिटीले लगातार जितयात्रा कायम राखेका छन् ।

Advertisement

समूह ए बाट बार्यनले रुसको लोकोमोतिभ मस्कोलाई २-१ ले पराजित गरेको हो । मस्कोको मैदानमा बार्यनका लियोन गोरेज्काले १३ औं मिनेटमै अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा एन्टोन मिरान्चुकले मस्कोका लागि बराबरी गोल फर्काए पनि जोसुवा किमिचले ७९ मिनेटमा गरेको गोलमार्फत बार्यनले समूहमा लगातार जितका साथ ६ अंक जोडेको छ ।

यही समूहमा एट्लेटिको मड्रिडले अस्ट्रियाको साल्सवर्गमाथि ३-२ गोलअन्तरको कठिन जित हासिल गरेको छ । अघिल्लो खेलमा बार्यनसँग ४-० ले हारेको एट्लेटिकोले च्याम्पियन्स लिगमा पुनरागमन गरेको हो ।

घरेलु मैदानमा लोरेन्टेको गोलमार्फत अग्रता लिए पनि ४० औं मिनेटमा डोमिनिक जोबोजलाईले साल्सवर्गका लागि गोल गरी पहिलो हाफमा १-१ को बराबरी गरेका थिए ।

दोस्रो हाफको सुरुमै साल्सवर्गले मर्गिम बेरिसाको गोलमार्फत अग्रता बनायो । तर त्यसयता जोउवा फेलिक्सले २ गोल गरे र ३-२ को जित निश्चित गरे ।

Post Add 1025X115
Loading...