नेपाली फुटबल टिमले विहीबारदेखि प्रशिक्षण शुरु गर्ने, प्रशिक्षकको जिम्मा अहिले बालगोपाल मजर्हनलाई

0

नेप्लेज । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योहान कालिन आउन समय लाग्ने भएपछि नेपाली टिमको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइएको छ । उनको प्रशिक्षणमा नेपाली फुटबल टिमले विहीबारदेखि नै प्रशिक्षण गर्ने जनाइएको छ ।

Advertisement

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको नेपाली टिमले प्रशिक्षण शुरु गर्न लागेको हो । बुधबार सवै खेलाडीहरु काठमाडौं आईसक्ने र विहीबारदेखि प्रशिक्षणको तयारी गरिएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

यसैगरी नेपाली टिमका सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । नेपालले यसै महिना बंगलादेशको राजधानी ढाकामा त्यहाँको टिमसँग २ वटा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने छ । पहिलो म्याच कार्तिक २८ र दोस्रो म्याच मंसिर २ गते हुने छ ।

नेपालसँगकाे मैत्रीपुर्ण खेलका लागि बंगलादेश फुटबल टिमकाे तयारी सुरू

बंगलादेश यू-१९ टिमका ३ खेलाडीमा कोरोना, पुरै टिम आइसाेलेसनमा

नेपालले बंगलादेशसँग कार्तिक २८ र मंसिर २ गते मैत्रीपुर्ण खेल खेल्ने

 

Post Add 1025X115
Loading...