एम्बाप्पे नयाँ सिजनमा लिभरपुल जाने सम्भावना

0

फ्रान्सका सुपर स्टार केलियन एम्बाप्पे लिभरपुल जाने सम्भावना रहेको बताइएको छ ।

अहिले पेरिस सेन्ट जर्मेइनबाट खेलिरहेका एम्बाप्पेले २०२१ मा क्लव छाड्ने जनाइएको छ ।

एम्बाप्पलेले त्यसका लागि लिभरपुलको प्रस्ताव कुरिरहेको ‘द टाइम्स’ले उल्लेख गरेको छ ।

गत सिजनको च्याम्पियन लिभरपुलमा मोहम्मद सलाह, साडियो माने र रोवर्टो फिरमिनोसँग एम्बाप्पेको तालमेल मिल्न सक्ने पनि जनाइएको छ ।

एम्बाप्पेले यो सिजन पीएसजी छाड्ने जनाइए पनि अहिलेसम्म उनको प्रर्दशन भने उत्कृष्ट रहेको छ ।

पीएसजी छाडेमा उनको पहिलो रोजाई लिभरपुल रहेको छ भने साथ साथै म्यानचेस्टर युनाइटेडमा पनि जान सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

Post Add 1025X115
Loading...