डेविड सिल्भाकाे उत्कृष्ट खेलका कारण साेसिडाड ला लिगाकाे शिर्ष स्थानमा

0

स्पेनीस ला लिगामा रियल सोसिडाड लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसका जितमा मिकेल ओयारजाबलले दुई गोल गरे ।

Advertisement

खेलको ३५ औं मिनेटमा मिकेलको गोलमा सोसिडाडले अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सोसिडाडले ४६ औं मिनेटमा गोल खायो । उसका लागि राफा मिरले गोल गर्न सफल भए । तर ५४ औं मिनेटमा फेरी मिकेलले गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्याए ।

त्यसपछि ६८ औं मिनेटमा पोर्टुको गोलमा सोसिडाडले तीन एकको अग्रता बनायो । ७५ औं मिनेटमा इसाकले गोल गर्दै सोसिडाडलाई चार एकले विजयी बनाए । पुरै खेलमा म्यानचेस्टर सिटीका पूर्व खेलाडी डेविड सिल्भाले उत्कृष्ट खेल पस्केका थिए । उनले सोसिडाडको दुई गोलमा एसिस्ट गरेका थिए ।

उनले दोस्रो हाफमा क्रिस्टियन पोर्टु र एलेजान्देर इसाकको गोलमा एसिस्ट गरेका थिए । यो जितपछि सोसिडाडले सात खेलमा १४ अंक बनाएको छ । उसले जिनेदिन जिदानको टिम रियाल मड्रिडलाई एक अंकले पछि पारेको छ ।

 

Post Add 1025X115
Loading...