टाेटनह्यामकाे चुनाैती बर्नलीसँग

0

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले आज बर्नलीसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार राति पौने दुई बजेबाट सुरु हुनेछ ।

Advertisement

बर्नलीको घरेलु मैदानमा हुने खेलमा उसका डिफेन्डर फिल बार्डस्ले हुनेछैनन् । उनी सेल्फ आइसोलेसनमा रहेका छन । उसका बेन मी प्रशिक्षणमा फर्किउका छन । तर उनी खेल्ने नखेल्ने एकिन छैन । इरीक पिटर्सपनि चोटका कारण टिम बाहिर रहेका छन ।

टोटनह्यामका प्रशिक्षक जोजे मोउरिन्होले आजको खेलमा युरोपा लिग खेलेको सेटमा परिवर्तन गर्ने तयारीमा छन । उसका इरीक डायर फिटनेस टेष्ट पास गर्न नसक्दा टिममा नहुने संभावना रहेको छ ।

हाल ६ खेलमा नौ अंकका साथ लिगको दशौं स्थानमा रहेको टोटनह्यामको आठ अंक छ । यदि आज उसले जित निकालेमा पाँचौ स्थानमा उक्लिनेछ । बर्नलीको भने अहिलेसम्म एक अंकमात्र रहेको छ ।

टोटनह्यामविरुद्ध बर्नलीले घरेलु मैदानमा पछिल्ला १२ प्रिमियर लिग खेलमा दुईमा मात्र जित निकालेको छ । यी दुई टिमविच एक सय खेल भएका छन । जसमा टोटनह्यामले ३९ खेल जितेका छन भने बर्नली ३६ खेलमा विजयी भएको छ । २५ खेल बराबरीमा सकिएका छन ।

 

Post Add 1025X115
Loading...