रामाेसकाे सम्झाैतामा किन माैन छ रियाल

0

रियाल मड्रिडका कप्तान सर्जियो रामोसको क्लवसँगको संम्झौता सकिन केहि महिनामात्र बाँकी रहेको छ । अब क्लवले उनको नयाँ सम्झौतका विषयमा के गर्छ भन्ने चासो रियालका समर्थकमा जाग्न थालेको छ । पछिल्लो केहि बर्षदेखि रियालका लागि सफल कप्तानी गरिरहेका रामोसले पाएको मौकामा गोल पनि गरिरहेका छन ।

मार्काले बताएअनुसार यदि रियालले रामोसलाई अरु क्लवमा जान दिएमा त्यो ठूला गल्ति हुने बताएको छ । अहिलेको अवस्थामा रामोसले छोड्नु भनेको २०१८ मा रोनाल्डोले क्लव छोड्नु जस्तै रहेको बताएको छ ।

रियालले रामोसको कप्तानीमा निकै सफलता हात पारेको छ । यतिमात्र होईन उनी टिमको महत्वपुर्ण सदस्य हो भन्ने प्रमाणित गरेका छन । किनकी उनी टिममा नहुँदा रियालले काडिजविरुद्धको खेल गुमाएको थियो । यसका सथौ च्याम्पियन्स लिगमा पनि साख्तरसँग हारेको थियो ।

तर जब उनी टिममा फर्किए रियालले एल क्लासिकोमा बार्सिलोनालाई हरायो । त्यसमा उनलेपनि गोल गरेका थिए । उनको कप्तानी गर्ने क्षमतामात्र होइन, उनको शारिरीक शक्ति पनि अझै केहि समय खेल्न सक्ने रहेको बताइएको छ ।

जति जति दिनहरु वित्दै जान्छन, रामोसको सम्झौताको मितीपनि सकिदै जानेछ । यता क्लवले अहिलेसम्म उनलाई के गर्ने भन्ने विषयमा केहि बोलेको छैन । यदि रामोस बाहिरीएमा टिम निकै कमजोर हुने बताइएको छ । यदि रामोसलाई राखेर केलियन एम्बाप्पेलाई भित्र्यायो भने त्यो रियालका लागि ठुलो उपलब्धि हुने मार्काले बताएको छ ।

Post Add 1025X115
Loading...