‘प्राेटाेकल’ ताेडेकाे भन्दै राेनाल्डाेविरूद्ध अनुसन्धान सुरू

0

इटालीयन खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोनाको नियम तोडेको भन्दै अनुसन्धान सुरु गर्ने बताएका छन ।

कोरोना पोजेटिभ भइसकेपछि पनि पोर्चुगलबाट इटली आउने उनको निर्णयको आलोचना गर्दै कारवाहिको चेतावनीका साथ अनुसन्धान गर्ने बताएका छन ।

रोनाल्डो पछिल्लो दुई सातादेखि टुरिन स्थित आफ्नो निवासमा आइसोलेसनमा रहेका छन । उनको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । उनले सिरी एमा दुई खेल गुमाएका छन । यसका साथै च्याम्पियन्स लिगमा कियभविरुद्धको खेलपनि गुमाएका थिए ।

खेलकुद मन्त्रीले रोनाल्डो सुपर स्टार खेलाडी भएपनि नियम भन्दा माथि नभएको र उनले कोरोनाको प्रोटोकललाई उलंघन गरेको बताए । इटलीको स्वास्थ्य संघठनले स्विकृती नदिँदापनि उनी इटली आउने निर्णय गलत भएको बताए ।

यो विषयमा रोनाल्डोले यसअघि नै आफु पुरै सावधानी अपनाएर इटली आएको बताएका थिए । उनले प्रोटोकलको आफुले पनि कदर गर्ने र त्यसलाई ब्रेक नगरेको बताएका थिए ।

मन्त्रीले रोनाल्डोका विषयमा अरु केहि बोल्न नचाहेको तर उनी इटली आउने विषयमा अनुसन्धान सुरु भएको बताए ।

Post Add 1025X115
Loading...