प्ले अफको दौड कायमै राख्न पञ्जाव र कोलकतालाई जित्नै पर्ने दबाव

0

काठमाडौं । लगातार चार वटा म्याच जित्दै फर्ममा फर्किएको किंग्स इलाभेन पञ्जावले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज कोलकता नाइटराईडर्ससँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि शुरुहुने छ । पञ्जावले अहिलेसम्म ११ खेलमा १० अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ । उता कोलकता भने १२ अंकका साथ चौथो स्थानमा छ ।

पञ्जावले आज जित हात पारेमा शीर्ष चारमा पुग्ने छ । यस्तोमा कोलकता विजयी भए उसका लागि पनि प्लेअफ झन नजिक हुने छ । जारी सिजनमा प्ले अफको होडवाजी कडा बन्दै गएको छ । पञ्जावको फर्म अहिले शानदार रहेको छ । लगातार पाँच खेलमा पराजय भोगेको पञ्जावले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गर्दै जितको यात्रा शुरु गरेको थियो । त्यसपछि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सलाई पराजित गर्न सफल भयो । सनराईजर्स हैदरावादलाई दिएको सानो लक्ष्य पनि पञ्जावले रक्षा गरेको थियो । पञ्जावलाई प्ले अफमा पुग्न अब बाँकी रहेका तीन खेलनै जित्नु पर्ने बाध्यता भने रहेको छ ।

पञ्जावको अहिले कमजोर पक्ष भनेको बलिङ देखिएको छ । मोहम्मद शामी र रवि विश्नोई बाहेक अरुले डेथ ओभरमा राम्रो बलिङ गर्न सकेका छैनन् । तर शनिबार ब्याट्सम्यान फ्लप भएको खेलमा पञ्जावकै बलरले हैदरावादविरुद्ध जित दर्ता गरेका थिए । दुई ओभरमा ५ विकेट लिएर १२६ रनको लक्ष्य जोगाएका थिए ।

पञ्जावको कप्तान केएल राहुल र मयंक अग्रवाल उत्कृष्ट फर्मममा छन् । क्रिस गेलको उपस्थितिले झनै टिमलाई मजबुत बताएका छन् । गेलले खेल्न शुरु गरेपछि पञ्जावले खेल हारेको छैन । निकोलस पुरन पनि खतरानक व्याट्सम्यानको रुपमा अघि आउँदा ग्लेन म्याक्सवेल अझै फर्ममा आउन सकेका छैनन् ।

यस्तै कोलकता दिल्ली जस्तो मजबुत टिमलाई पराजित गरेको भन्दै उत्साहित पनि छ । उक्त जितको यात्रा आज पनि कायम राख्ने लक्ष्यका साथ कोलकता मैदान उत्रने छ । बैंग्लोरविरुद्ध ८ विकेटको पराजय भोगेको कोलकताले दिल्ली जस्तो बलियो टिमलाई ५९ रनले पराजित गरेको थियो । कोलकताका ओपनर नितिश राणले ८१ रनको पारि खेलेका थिए भने सुनिल नरेनले ६४ रन बनाएका थिए । यस्तै लेग स्पिनर बरुण चक्रवर्तीले ५ विकेट लिएपछि दिल्ली धरापमा परेको थियो । यस्तै प्रदर्शन आज पनि कोलकताले गर्न सक्ने जित भने टाढा छैन ।

कोलकाता नाइट राइडर्स:
इयोन मोर्गन (कप्तान), शुभमन गिल, नीतीश राणा, सुनील नरेन, राहुल त्रिपाठी, दिनेश कार्तिक (विकेटकीपर), आंद्रे रसेल, कुलदीप यादव, लॉकी फर्ग्यूसन, पैट कमिंस, वरुण चक्रवर्ती, कमलेश नागरकोटी, प्रसिद्ध कृष्णा।

किंग्स इलेवन पंजाब:
लोकेश राहुल (कप्तान), मयंक अग्रवाल, क्रिस गेल, ग्लेन मैक्सवेल, निकोलस पूरन,  मनदीप सिंह, दीपक हुड्डा, रवि बिश्नोई, मोहम्मद शमी, क्रिस जॉर्डन, मुरुगन अश्विन, अर्शदीप सिंह ।

Post Add 1025X115
Loading...