राेनाल्डिन्हाेलाई कोरोना पोजेटिभ

0

ब्राजिलियन पूर्व स्टार खेलाडी रोनाल्डिन्होलाई कोरोना पोजेटिभ भएको छ । उनले आफ्नो इन्टाग्राममा भिडियो राख्दै आफु आइसोलेसनमा रहेको बताएका छन ।

४० बर्षे रोनाल्डिन्होलाई कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा पोजेटिभ आएको बताएका छन । उनी हाल बेला होरिजेन्टोमा आइसोलेसनमा रहेका छन । उनी शनिबारमात्र बेला होरिजेन्टो पुगेका थिए ।

उनले आफ्नो स्वास्थ्यमा कुनै डरलाग्दो लक्षण नभएको बताएका छन । उनी बेलो होरिजेन्टोमा एक कार्यक्रमका लागि पुगेका थिए । तर कोरोना देखिएपछि उनले त्यो कार्यक्रम छोड्नुपर्ने भएको छ ।

रोनाल्डिन्हो केहि महिना अगाडीमात्र पाराग्वेको जेलबाट रिहा भएका थिए । उनले ब्राजिलका लागि सन् १९९९ देखि २०१३ सम्म खेलेका थिए । जसमा ९७ क्याप जितेका थिए ।

Post Add 1025X115
Loading...