एक सातामा ज्वेभरेभकाे दाेस्राे एटीपी उपाधि

0

जर्मन खेलाडी एलेजान्देर ज्वेभरेभले एक सातामा दोस्रो इन्डोर टेनिस प्रतियोगिताको उपाधि जितेका छन ।

जर्मनीको कोलोग्नमा भएको खेलमा एलेजान्देरले अर्जेन्टिनी खेलाडी डिएगो स्वार्टस्जमनलाई पराजित गरे ।

२३ बर्षे ज्वेभरेभले डिएगोलाई एक घण्टा ११ मिनेट समय खर्चिदै दुई शुन्यले हराए ।

जसमा उनले ६–२ र ६–१ को सेटमा हराए । पहिलो सेट ६–२ ले जितेका ज्वेभरेभले दोस्रो सेट ६–१ ले आफ्नो पक्षमा पारे ।

उनको यो करियरको १३ औं एटीपी उपाधि हो ।

Post Add 1025X115
Loading...