स्टाेककाे शतकमा राजस्थानद्वारा मुम्बई ८ विकेटले पराजित

जितपछि राजस्थानले शिर्ष चारकाे आशा कायमे राखेकाे छ ।

0

बेन स्टोकको विस्फोटक शतकमा राजस्थान रोयल्र्सले इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको छ । यो जितसँगै राजस्थानले शिर्ष चारको संभावनालाई जिवितै राखेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनायो ।

आजको खेलमा पनि मुम्बईका नियमित कप्तान रोहित शर्मा खेलेका छैनन् । उनी घाइते छन् । जसका कारण मुम्बईको कप्तानी किरोन पोलार्डले गरिरहेका छन् ।

राजस्थानविरुद्ध मुम्बईको शुरुवात भने राम्रो हुन सकेन । टिमको स्कोर सात रन भएको बेला क्विन्टन डी कक आउट भएका थिए । उनी ४ बलमा ६ रन बनाएर आउट भए । जसमा एक छक्का सामेल थियो ।

त्यसपछि इशान किसन र सूर्यकुमार यादवले ८३ रनको साझेदारी गर्दै मुम्बईको पारि अघि बढाएका थिए । टिमको स्कोर ९० रन पुगेका बेला इशान किसन ३७ रन बनाएर आउट भए ।

त्यसको केहीबेरमा सूर्यकुमार यादव पनि आउट भए । सेट भइसकेका ब्याट्सम्यान यादव आउट हुँदा मुम्बईको स्कोर ३–९५ रन रहेको थियो । यादव २६ बलमा ४० रन बनाएर पभेलियनको बाटो लागेका थिए । पार्ट टाइम कप्तान किरोन पोलार्ड भने धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी ६ रन बनाएर आउट हुन पुगे । २५ बल फेस गरेका सौरभ तिवारीको प्रदर्शन भने उत्कृष्ट रह्यो । उनी ४० रन बनाएर आउट हुँदा मुम्बईको स्कोर ५–१ सय ६५ रन रहेको थियो । तिवारीले एक छक्का र चार चौका प्रहार गरे ।

हार्दिक पाण्ड्याले आज पनि नाजवाफ पारि खेले । उनले अर्धशतकीय पारि खेले । २० बलमा ५४ रन बनाउँदै अर्धशतक पुरा गरेका थिए । अन्तिम ओभरमा मात्रै उनले २६ रन जोडेका थिए । २१ बल खेलेका हार्दिक ६० रनमा नटआउट रहे ।

हार्दिकले सात छक्का र दुई चौका प्रहार गरे । उनलाई भाई क्रुनाल पाण्ड्याले साथ दिएका थिए । उनी पनि ३ रनमा नट आउट रहे ।

राजस्थानको जोफ्रा आर्चर र श्रीयस गोपालले दुई दुई विकेट लिए ।

जवाफमा राजस्थानले १८ ओभर दुई बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

१३ रनमा पहिलो विकेट गुमाएको राजस्थानका ओपनर रविन उथप्पा १३ रनमा आउट भए । त्यसपछि कप्तान स्टिभ स्मिथ ११ रनमा बाहिरीदा राजस्थानले ४४ रनमा दोस्रो विकेट गुमायो ।

तर तेस्रो विकेटका लागि बेन स्टोक र सञ्जु सामसनले शतकिय साझेदारी गरे । जसमा उनीहरुले एक सय ५२ रनको साझेदारी गरे । जसमा बेन स्टाेकले अविजित एक सय सात रन बनाए । उनले ६० बलमा १४ चाैका र तीन छक्का प्रहार गरेका थिए । यस्तै उनलाई दरिलाे साथ दिएका सञ्जु सामसनले ३१ बलमा ५४ रन बनाए । उनले चार चाैका र तीन छक्का प्रहार गरे ।

याे जितसँगै राजस्थानले १२ खेलमा १० अङ्क बनाएकाे छ  । जारी प्रतियाेगितामा उसकाे याे पाँचाै जित हाे । यता मुम्बईले सिजनकाे चाैथाे हार ब्यहाेरेकाे छ । हारपछिपनि रन रेटका आधारमा मुम्बई शिर्ष स्थानमा कायमै छ  ।

Post Add 1025X115
Loading...