आइपीएलकाे प्लेअफ र फाइनल आबुधावी र दुबईमा हुने

0

इन्डियन प्रिमियर लिग आइपीएलको प्लेअफ र फाइनल दुबई र आबुधावीमा हुने भएको छ । प्लेअफ र फाइनल ५ नोभेम्बरदेखि १० नोभेम्बरमा हुने भएको ५ ।

जसमा पहिलो क्वालिफायर्स दुबईमा ५ नोभम्बर मा हुनेछ भने इलिमिनेटर ६ नोभेम्बरमा हुनेछ । यस्तै दोस्रो क्वालिफायर्स ८ नोभेम्बरमा आबुधावीमा हुने भएको छ । फाइनल खेल दुबईमा १० नोभेम्बरमा हुने तय भएको छ ।

आइपीएलको प्लेअफ र फाइनलको मिती तय भएसँगै बीसीसीआईले महिला टी २० च्यालेञ्जसको खेल तालिका पनि सार्वजनिक गरेको छ ।

जसमा नोभेम्बर चार तारिखबाट महिला टी २० च्यालेञ्ज हुने भएको छ । महिलाका सबै खेल सारजाहमा हुनेछन ।

महिला तर्फको पहिलो खेल सुभरनोभाज र भेलोसिटीविच हुनेछ दोस्रो खेल भेलोसिटी र ट्रेलब्लाजर्सविच हुनेछ । यस्तै तेस्रो खेलमा सुपर नोभाज र ट्रेलब्लाजर्स विच हुने भएको छ । फाइनल खेल नोभेम्बर नौ तारिखमा हनेछ ।

Post Add 1025X115
Loading...