मुम्बईका हार्दिक पाण्ड्याको धुँवाधार ब्याटिङ, राजस्थानलाई १९६ रनको लक्ष्य

0

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा शीर्ष स्थानको मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १९६रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९५ रन बनायो ।

Advertisement

आजको खेलमा पनि मुम्बईका नियमित कप्तान रोहित शर्मा खेलेका छैनन् । उनी घाइते छन् । जसका कारण मुम्बईको कप्तानी किरोन पोलार्डले गरिरहेका छन् ।

l
राजस्थानविरुद्ध मुम्बईको शुरुवात भने राम्रो हुन सकेन । टिमको स्कोर सात रन भएको बेला क्विन्टन डी कक आउट भएका थिए । उनी ४ बलमा ६ रन बनाएर आउट भए । जसमा एक छक्का सामेल थियो ।

त्यसपछि इशान किसन र सूर्यकुमार यादवले ८३ रनको साझेदारी गर्दै मुम्बईको पारि अघि बढाएका थिए । टिमको स्कोर ९०रन पुगेका बेला इशान किसन ३७ रन बनाएर आउट भए । उनले ३६ बलमा एक छक्का र चार चौका प्रहार गरे ।

त्यसको केहीबेरमा सूर्यकुमार यादव पनि आउट भए । सेट भइसकेका ब्याट्सम्यान यादव आउट हुँदा मुम्बईको स्कोर ३–९५ रन रहेको थियो । यादव २६ बलमा ४० रन बनाएर पभेलियनको बाटो लागेका थिए । पार्ट टाइम कप्तान किरोन पोलार्ड भने धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी ६ रन बनाएर आउट हुन पुगे । २५ बल फेस गरेका सौरभ तिवारीको प्रदर्शन भने उत्कृष्ट रह्यो । उनी ४० रन बनाएर आउट हुँदा मुम्बईको स्कोर ५–१६५ रन रहेको थियो । तिवारीले एक छक्का र चार चौका प्रहार गरे ।

हार्दिक पाण्ड्याले आज पनि नाजवाफ पारि खेले । उनले अर्धशतकीय पारि खेले । २० बलमा ५४ रन बनाउँदै अर्धशतक पुरा गरेका थिए । अन्तिम ओभरमा मात्रै उनले २६ रन जोड्ेका थिए । २१ बल खेलेका हार्दिक ६० रनमा नटआउट रहे ।

हार्दिकले सात छक्का र दुई चौका प्रहार गरे । उनलाई भाई क्रुनाल पाण्ड्याले साथ दिएका थिए । उनी पनि ३ रनमा नट आउट रहे ।

राजस्थानको जोफ्रा आर्चर र श्रीयस गोपालले दुई दुई विकेट लिए ।

Post Add 1025X115
Loading...