आर्थिक समस्याले थलिएकाे झापा ११, पुरानाे साख कसरी जाेगाउने चिन्ता

1

नेपालमा कुनै पनि फुटबल क्लवलाई ब्यवसायीक हुनका लागि निकै कठिन अवस्था रहेको छ । एक बर्ष खेलाडी पाल्नपनि काठमाडौंमा राम्रो आयस्रोत भएका क्लवलाई नै धौ धौ हुने अवस्था छ । एक सिजनका लागि टिम तयार पार्न करोडौं रुपैयाँ खर्च हुनेभएपनि क्लवले प्रायोजकका हिसावले आक्कल झुक्कलमात्र नियमित प्रायोजक पाउने गरेका छन ।

त्यो पनि काठमाडौं केन्द्रित रहेका क्लवहरुले मात्र ठुलो धनराशीको प्रायोजक पाउने गरेका छन । तर काठमाडौं बाहिरका क्लवका लागि प्रायोजक पाउन र राम्रो टिम बनाउन निकै कठिन रहेको छ । त्यसैले पनि नियमित रुपमा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने ए डिभिजन लिगमा काठमाडौं उपत्यका बाहिरका क्लवको सहभागिता फाट्टफुट् रुपमा हुनेगर्छ । नेपालमा फुटबल ब्यवसायीक हुँदैछ भन्ने भनाई काठमाडौं बाहिरका क्लवका लागि भने त्यति लागु हुन सकेको छैन ।

अहिलेसम्म लिगमा काठमाडौं बाहिरका क्लवको सहभागिता निकै कम मात्र भएको छ । एक समय कोइलापानी, मोरङ ११, बुटवल ११, सुदुरपश्चिम ११ ले लिगमा सहभागिता जनाएका थिए । तर उनीहरु लिगमा धेरै समय टिक्न सकेनन् । कारण आर्थिक समस्या र नियमित आम्दानीको आयस्रोत नहुनु ।

यस्तैमा जसोतसो शाखको लागि भएपछि पूर्वी नेपालको क्लव झापा ११ ले लिगमा सहभागिता जनाइरहेको छ । काठमाडौं बाहिरको सर्वाधिक चर्चित क्लवमा पर्छ झापा ११ ।

२०७२ सालमा अखिल फुटबल संघ एन्फाले आयोजना गरेको राष्ट्रिय लिगमा चौथो भएको यो क्लवले काठमाडौं बाहिरका धेरै प्रतियोतिगाको उपाधि जितिसकेको छ । लिगमा पनि उपाधि दावेदार टिमलाई कडा टक्कर दिन सफल रहेको झापा ११ अहिले आर्थिक समस्याबाट गुज्रिरहेको छ ।

नियमित आम्दानी पहिलो पनि नभएको यो क्लवलाई कोरोना भाइरसको महामारीले झन थला पारेको छ । खेलेर बाँचेका खेलाडीलाई नत क्लवले नै कुनै राहत दिने अवस्था छ, नत अरु कुनै निकायले चासो दिएका छन । त्यसैले यो क्लवका खेलाडी लामो समय फुटबल नहुँदा सबै भन्दा पिडामा रहेका छन ।

झापा ११ बाट खेलेका कर्ण लिम्बु घरेलु फुटबलमा गोलमेसिन मानिन्छन । तर उनले राष्ट्रिय टिमसम्म भने स्थान बनाउन सकेका छैनन् । क्याम्पमा पर्ने तर अन्तिममा फालिने गरेकाले कर्ण घरेलु प्रतियोगितामा नै सिमित छन ।

२०७१ सालमास्थापना भएको झापा ११ फुटबल क्लब भावनात्मक एकताले स्थापित भएको टिम हो । मोफसलको शसक्त एवम् सेट टिममा रुपमा हेरिने झापा ११ ले स्थापना भएकै सालमा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको एन्फा कप च्याम्पियन बन्यो । त्यसपछि ०७२ सालमा राष्ट्रिय लिग प्रतियोगितामा चौथो स्थानमा झापा एघारले विट मार्यो ।

विराटनगरको विराट गोल्डकप, २ पल्ट इलामको माइभ्याली गोल्डकप, झापाको सुरुगां गोल्डकप र मेची नेत्रालय गोल्डकप काकरभिट्टा र भारत दार्जिलिगंको माने भंञ्जायाङ् गोल्डकपमा झापा च्याम्यिन बन्यो । चेन्ज एन्फा नारा दिएर नयाँ समिति बनेको अढाई वर्ष पुग्न लागे पनि नारामै सिमित भएको सरोकारवालाको ठम्याई छ । एन्फामा भएको परिवर्तनसँगै झापा ११ ले केहि राहत महसुस गरेको थियो । कारण मोफसलको क्लवलाई एन्फाले केहि राम्रो ब्यवहार देखाउछ भनेर । तर एन्फाबाट पनि अहिलेसम्म कुनै ठोस कदन नचालेको क्लवका पदाधिकारीको आरोप छ ।

लिग फुटबलमा झापाका खेलाडी नभएका क्लब कमै हुन्छन् । उदाहरण, गत लिग विजेता मछिन्द्रमा मुख्य कोच सहित ६ जना खेलाडी झापा एघारका खेलाडी थिए । मनाङ, थ्रीस्टार, हिमालयन शेर्पा लगायत अन्य क्लबमा समेत झापाका खेलाडी थिए । खेलाडी उत्पादन झापा एघारले गर्ने फाइदा अन्य क्बलले लिई रहेको छ ।

नेपालमा रहेका ए डिभिजन क्लवमा आफ्नै मैदान भएको एक क्लवमा पर्छ झापा ११ । झापाको डोमालाल रंगशालालाई घरेलु मैदान बनाएको क्लवले त्यो मैदानमा राम्रो प्रतियोगिता खेल्न पाएको छैन । एक पटक राष्ट्रिय लिगमात्र खेलेको झापा ११ को सो मैदानमा बर्षमा एक पटक स्थानीय प्रतियोगिता हुने गरेको छ । तर त्यतिराम्रो मैदानका फाइदा उसले उठाउन सकेको छैन । राष्ट्रिय लिगमा प्रतियोगितामा झापाले १० लाख रुपैयासम्म गेट मनी संकलन गरेको थियो । त्यसैले क्लब फुटबल विकासको लागि होम एण्ड अवे प्रतियोगिता गर्न ढिलो भई सकेको छ ।

Post Add 1025X115
Loading...