बार्सिलोनाले अपमान गरेर क्लवबाट हटाएका ५ स्टार दक्षिण अमेरीकी फुटबलर

0

विश्व फुटबलमा सर्वाधिक धनी क्लवको सूचीमा पर्ने टिम हो बार्सिलोना । कुनैपनि फुटबलरको चाहना एक पटक बार्सिलोनाबाट खेल्ने हुन्छ । तर त्यो चाहना कतिको पुरा हुन्छ भने कतिको हुँदैन ।

यस्तैमा बार्सिलोनामा जतिपनि खेलाडीले खेले, उनीहरुमा कतिको सम्मानजनक विदाई हुन्छ भने कतिको अपमानकजनक तरिकारले हुन्छ । आज हामी बार्सिलोनामा निकै चर्चामा रहेका तर अर्को क्लवमा जाँदा अपमानजनक तरिकाले पठाएका मुख्य ५ खेलाडीको बारेमा चर्चा गर्नेछौ ।

लुइस स्वारेज

उरुग्वेका स्ट्राइकर लुइस स्वारेज यसै सिजनमा बार्सिलोनाबाट एट्लेटिमको मड्रिडमा अनुबन्ध भए । सन् २०१४ मा लिभरपुलबाट ८२.३ मिलियन यूरोमा अनुबन्ध हुँदा निकै खुसी भएका स्वारेजले क्लवमा निकै राम्रो प्रदर्शन गरेका थिए । उनले क्लवबाट एक सय ९८ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका थिए ।

उनी पहिलो पटक बार्सिलोनामा अनुबन्ध हुन्दा भनेका थिए, बार्सिलोनाबाट खेल्ने आफ्नो बाल्यकालको चाहना थियो । जुन अहिले पुरा भएको छ । नौ नम्वर जर्सीमा मैदानमा देखिएका स्वारेजलाई बार्सिलोनामा २०१९ को सिजनपछि अपमानक तरिकाले क्लवबाट बाहिर पठायो । स्वारेजले जुन तरिकाले बार्सिलोनाले क्लवबाट हटायो, त्यसबाट उनका मिल्ने साथी लियोनल मैस्सी निकै रिसाएका थिए ।

स्वारेज सुरुमा युभेन्टसमा जाने चर्चा भएपनि पछि एट्लेटिको मड्रिडमा अनुबन्ध भएका थिए । उनले एट्लेटिकोसँग रकम नै नलिएको भन्दापनि हुन्छ । किनकी उनले बर्षको निकै कम रकममा अनुबन्ध भए ।

रोनाल्डिन्हो

सन् २००३ मा जब रोनाल्डिन्होलाई बार्सिलोनाले पेरिस सेन्ट जर्मेनबाट अनुबन्ध गर्यो । उनको स्वागत क्याम्प नोउमा ३० हजार समर्थकले गरेका थिए । उनले सेभियाविरुद्धको डेब्यु खेलमा नै गोल गरेका थिए ।

उनले बार्सिलोनाबाट जित्नुपर्ने सबै उपाधि जिते । उनको चर्चा विश्वमा यतिसम्म भयोकी उनी विश्वको महंगो खेलाडी बने । रोनाल्डिन्होको प्रदर्शनका कारण चिरप्रतिद्धन्द्धी रियाल मड्रिड निकै पिडामा रहेको थियो । किनकी उनले रियाललाई उसकै मैदानमा हराएका थिए ।
जब बार्सिलोनाको प्रशिक्षकका रुपमा पेप ग्वार्डियोला भित्रिए, त्यसपछि उनले पहिलो भेटमा नै रोनाल्डिन्होलाई विदाई हुन भने । उनले अहिलेसम्मको योगदानलाई धन्यवाद दिँदै नयाँ क्लवको खोजि गर्न भने ।

ग्वार्डियोलाले नयाँ टिम बनाउने योजनाका साथ सिनियर खेलाडीलाई टिमबाट हटाउन सुरु गरे । जसमा रोनाल्डिन्हो, डेको, सामुयल इटो पहिलो टारगेट बने । उनीहरुले नयाँ खेलाडीलाई मौका नदिने र टिममा राजनिती गर्ने आरोप लगाए । त्यसपछि रोनाल्डिन्हो एसी मिलानमा अनुबन्ध भए । तर उनी जाँदा बार्सिलोनाले कुनै सम्मानजनक विदाई गरेन ।

बार्सिलोनाबाट बाहिरीएपछि उनको करियर नै समाप्त जस्तै भयो । त्यसपछि रोनाल्डिन्होलाई कर छलीको आरोप पनि लाग्यो । जसका कारण उनले आर्थिक नोक्सानीपनि ब्यहोर्नुपर्यो । उनी सन् २०२० मा पाराग्वेमा नक्कली पासपोर्टका कारण पक्राउपनि परे ।

रिभाल्डो

ब्राजिलियन खेलाडी रिभाल्डो ब्राजिलको मात्र होइन, बार्सिलोनाका लागि जादुमयी खेलाडी थिए । उनी बार्सिलोनामा निकै चर्चित थिए । तर रिभाल्डोलाई लुइस भान गालले भने फिटिक्कै मन पराउदैन थिए ।

जसका कारण उनले खेल्ने पोजिसनलाई परिवर्तन गरेका थिए । भान गालसँगको सम्बन्ध राम्रो नभएपछि उनले अन्तिममा बार्सिलोना छोड्नुपर्ने बाध्यता आयो । त्यो बेला उनको बार्सिलोनाबाट विदाई निकै खल्लो तरिकाले भएको थियो ।

डिएगो म्याराडोना

विश्वका उत्कृष्ट खेलाडीको सूचीमा पर्ने म्याराडोनालाई क्लवले सन् १९८२ मा अुनबन्ध गरेको थियो । उनी बार्सिलोनामा आएपछि करियर नै परिवर्तन भयो । बार्सिलोनामा आएपछि उनी तीन महिना हेपाटाइटिसको विरामी परे, त्यसपछि एथ्लेटिक क्लवका खेलाडीले उनको बायाँ खुट्टाको एंकल नै भाँचिदिए ।

त्यसपछि टिममा फर्किएका म्याराडोनालाई बार्सिलोनाले त्यति महत्वका साथ हेर्न छोडेको थियो । किनकी उनी हरेक राती पार्टिको आयोजना गर्थे । बार्सिलोनामा हुँदा नै उनले पहिलो पटक कोकिनको प्रयोग गरेका थिए । उनले २०१७ मा दिएको अन्तरवार्तामा भनेका थिए, बार्सामा हुँदा कोकिनको सेवन गर्नु नै जीवनको ठूलो गल्ति थियो ।

बार्सिलोनामा हुँदा म्याराडोनाले टिमलाई कोपा डेल रेको उपाधि दिलाए । तर एथ्लेटिक क्लवविरुद्धको खेल निकै तनावपुर्ण रह्यो । त्यो खेलपछि नै बार्सिलोनालाई म्याराडोनालाई तुरुन्त विक्रि गर्यो ।

रोनाल्डो

ब्राजिलियन खेलाडी रोनाल्डोले सन् १९९६ र १९९७ को सिजनमा बार्सिलोनाबाट खेलेका थिए । त्यो बेला उनले ४९ खेलमा ४७ गोल गरेका थिए । तर बार्सिलोनाले उनलाई दुई सिजनपछि नै विक्रि गर्यो । बार्सिलोनाबाट इन्टरमा गएपछि उनी इटालीयन क्लवको लेजेन्ड खेलाडी बने ।

तर बार्सिलोनामा दुई सिजन खेलेपछि क्लवले उनको सम्झौता नविकरण गरेको थियो । रोनाल्डोले नयाँ सम्झौतामा हस्ताक्षर गरेर ब्राजिल फर्किएका थिए । तर उनी स्वदेश पुगेको ५ दिनपछि क्लवले उनको सम्झौता तोडिएको बताए ।

त्यो बेला रोनाल्डोले बार्सिलोना छोड्न चाहेका थिएनन् । तर क्लवले आफ्नो योगदानलाई कुनैपनि कदर गरेर हटाउँदा निकै चित्त दुखेको बताए । उनका एजेन्टले रोनाल्डोले नयाँ सम्झौतामा हस्ताक्षर गरेको अर्को दिन नै त्यो परिवर्तन गरेको खुलासा गरेका थिए ।

माथिका पाँच वटा घटनामा एउटा भने समान छ । बार्सिलोनाले अपमान गरेर क्लवबाट हटाएका पाँचै खेलाडी दक्षिण अमेरीकी रहेका छन । के बार्सिलोना दक्षिण अमेरीकी खेलाडीसँग असन्तुष्ट रहेको त छैन भन्ने प्रश्न कायमै छ ।

Post Add 1025X115
Loading...