टोटनह्यामको जितमा डेब्यू खेलाडी भिनिसियसको प्रेरणादायी प्रदर्शन

0

नेप्लेज । युरोपा लिगमा लास्कमाथि ३-० को जित हासिल गरेपछि इंग्लिस टोली टोटनह्यामका प्रशिक्षक जोसे माउरिन्होले ब्राजिलियन खेलाड कार्लोस भिनिसियसको प्रशंसा गर्दै उनी ह्यारी केनको प्रतिस्थापनको रुपमा होइन कि केनसँगै खेल्न योग्य रहेको टिप्पणी गरेका छन् ।

Advertisement

पोर्चुिगिज टोली बेनफिकाबाट लोनमा भित्रिएका भिनिसियसले लुकास मोउराको पहिलो गोलका लागि बलको प्रवन्ध गरेका थिए ।

टोटनह्यामको दोस्रो गोल भिनिसियसकै नाममा रहन सक्थ्यो । तर ग्यारेथ बेलले दायाँबाट गरेको क्रस भिनिसियसले छुनुभन्दा अगाडि लास्कका डिफेन्डर आन्द्रेस आन्द्राडेको खुट्टामा लागेर गोल हुन पुग्यो ।

८४ औं मिनेटमा टोटनह्यामका लागि सन ह्यूंग मिनको हेडर गोलका लागि पनि भिनिसियसले पास उपलब्ध गराएका थिए ।

‘उनले राम्रो खेले तर अझै राम्रो खेल्न सक्थे,’ पोर्चुगिज प्रशिक्षक माउरिन्होले भने, ‘परिस्थितिलाई हेर्दा यो उनको पहिलो खेल हो । म निकै खुसी छु र मैले यहाँ कम्तिमा उनको नाममा एउटा गोल देख्न पाइन भन्ने गुनासो छ । तर उनले गोलभन्दा धेरै योगदान गरे ।’

‘उनी स्वार्थी थिएनन् र राम्रो लक्ष्य भएका मानिस थिए । उनी केनको स्थान ग्रहण गर्न सक्छन् । केनको ब्याकअपका लागि मात्र होइन भन्ने आज प्रमाणित भएको छ । म निक्कै खुसी छु,’ उनले थपे ।

Post Add 1025X115
Loading...