हारका बाबजुद सेल्टिकका प्रशिक्षकले गरे टिमको प्रशंसा

0

नेप्लेज । युरोपा लिग अन्तर्गत घरेलु मैदानमा इटलियन सिरी ए लिग लिडर एसी मिलानसँग ३-१ गोलअन्तरले पराजित हुनुका बाबजुद सेल्टिकका प्रशिक्षक निल लेननले आफ्नो टिमलाई प्रोत्साहित गरे ।

Advertisement

स्कटल्यान्डको प्रिमियरसिप लिगमा गत शनिबार रेन्जर्ससँग पराजित भएयता सेल्टिकको यो लगातार दोस्रो हार हो । रेड क्रुनिक र ब्राहिम डियाजको सहज गोलमार्फत पहिलो हाफमा मिलानले २-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा स्कटिस च्याम्पियनले २ अवसर पाएकोमा एउटामा गोल गर्न सक्यो । सब्स्टिच्युड मोहम्मद ल्योनोस्सीले हेडमार्फत गोल गरे पनि मिलानका लागि जेन्स पिटरले निर्णायक गोल गरी ३-१ गोलको जित निश्चित गरे ।

‘पछिल्लो खेलको तुलनामा यो निकै सुधारिएको प्रदर्शन थियो । मलाई हार्न मन पर्दैन चर मेरो लागि यस खेलमा धेरे राम्रा संकेतहरु देखिएका छन् र म उत्साहित छु,’ सेल्टिकका प्रशिक्षक लेनिनले भने, ‘म एउटा सुधार चाहिरहेको थिएँ र त्यो अहिले भेट्टाएको छु यसअर्थमा म निकै खुसी छु ।’

Post Add 1025X115
Loading...