१३ खेलाडी आइसोलेसनमा तर नापोलीमाथि शानदार विजय

0

नेप्लेज । जब एजेड अल्कमारका समर्थकहरुले सुने कि उनीहरुको टिमले इटलीको महारथी टोली नापोलीसँग खेल्नुपर्नेछ तर टिमका १३ जना खेलाडी कोरोना संक्रमणका कारण खेल्न पाउनेछैनन्, त्यो सबैभन्दा डरलाग्दो क्षण थियो ।

Advertisement

तर अधिकांश युवा खेलाडी समेटेर तयार पारिएको नेदरल्यान्डको यो टिमले युरोपा लिगको समूह एफमा नापोलीलाई उसकै मैदानमा १-० को अप्रत्यासित हार चखाइदियो ।

ड्यानी डी विटले ५८ औं मिनेटमा गरेको गोल नै अल्कमारको महत्वपूर्ण तीन अंकका निर्णायक बन्यो । घरेलु टिमका लागि निराशाजनक खेल रह्यो र उनीहरु वास्तवमै कमजोर देखिएका थिए ।

यता पाब्लो आल्कासरले सब्स्टिच्युडका रुपमा आएर ८ मिनेटको अन्तरमा ३ गोल गरेपछि समूह आईबाट स्पेनिस टिम भिल्लारियलले टर्कीको सिभासपोरमाथि ५-३ गोलअन्तरको जित हासिल गरेको छ ।

सिभासपोरले २-० ले पछि परेको स्थितिबाट पुनरागमन गरी २-२ को बराबरी गरेको थियो । टोटनह्यामबाट लोनमा आएका डिफेन्डर जुहान फोइथले गोल गरी भिल्लारियललाई पुनः अग्रता दिलाए । तर म्याक्स ग्राडेलले पुनः बराबरी गोल फर्काए ।

७० औं मिनेटमा सब्स्टिच्युडका रुपमा मैदान छिरेका अल्कासरले ७४ औं र ७८ औं मिनेटमा गोल गरे ।

समूह ई मा नेदरल्यान्ड्सको पीएसभीका लागि मारियो गोड्जेले दोस्रो खेलमा दोस्रो गोल गरे पनि ग्रानाडासँगको हार टार्न पर्याप्त भएन । गोट्जेले पहिलो हाफमा गोल गरी अग्रता दिलाए पनि स्पेनिस टिमका लागि जर्ज मोलिना र डार्विन माचिचले ग्रानाडालाई युरोपा लिगमा पहिलो जित दिलाए । ग्रानाडाको युरोपा लिगमा डेब्यू खेल हो ।

म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भाले युरोपेली प्रतियोगितामा १ सय १ खेल खेल्ने क्रममा रियल सोसिडाडले क्रोएसियाको रिजेकाबिरुद्ध जित हासिल गर्यो । खेलको अन्तिम मिनेटमा जोन बाउटिस्टाले गोल गरेका हुन् ।

समूह सी मा जर्मन टोली बायर लिभरकसेनले फ्रान्सको निसमाथि ६-२ को फराकिलो जित निकाल्यो । समूह एबाट इटलीको रोमाले स्वीसको योंग ब्वाइजलाई २-१ ले हरायो ।

Post Add 1025X115
Loading...