युराेपा लिगमा आर्सनलकाे संघर्षपुर्ण जित

0

यूइएफए युरोपा लिगमा आर्सनले रापिड विनसँग दुई एकको संघर्षपुर्ण जित निकालेको छ ।

यो सिजनको समुह चरणको पहिलो खेलमा आर्सनले घरेलु टिम विनको एक गोलको अग्रतालाई उल्ट्याएको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा विनले खेलमा अग्रता बनायो । उसका लागि फाउन्टेन्सले गोल गरेका थिए ।

एक गोलले पछि परेको आसर्नलले चार मिनेटमा दुई गोल फर्काउँदै खेल आफ्नो पकडमा ल्याएको थियो । खेलको ७० औं मिनेटमा डेविड लुइजले गोल गर्दै खेल बराबरी गर्न सफल भए ।

त्यसको चार मिनेटपछि अर्थाता ७४ औं मिनेटमा अबामयाङको गोलमा आर्सलले खेलमा अग्रता बनायो । त्यसपछि पनि ८१ औं मिनेटमा लाकाजेटिले पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् । उनले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र आर्सनलले युरोपा लिगमा विजयी सुरुवात गर्न सफल भयो ।

Post Add 1025X115
Loading...