तलव कटाैतीका लागि बार्सिलाेनाका खेलाडी छलफल गर्न सहमत

0

बार्सिलोनाका खेलाडीले क्लवको तलव कटौतीको प्रस्तावका लागि बसेर छलफल गर्न राजि भएका छन । उनीहरुले समग्रमा खेलाडीको तलव कटौती गर्नका लागि सकारात्मक देखिएका मार्काले बताएको छ ।

यसअघि पहिलो चरणमा क्लवको बोर्डले तलव कटौतीको प्रस्तावलाई खेलाडीले सोझै अस्विकार गरेका थिए । तर खेलाडीको तलव कटौती नभएमा स्टाफले तलव पाउने संभावना निकै कम भएको बोर्डले बताएपछि खेलाडी केहि सकारात्मक देखिएका छन ।

बार्सिलोनाको बोर्डसँग खेलाडीले बैठक गरेर समग्रतामा तलव कटौतीका लागि सहमत हुने बताइएको छ । च्याम्पियन्स लिगमा फेरेनभारोससँगको खेलमा जित निकालेपछि क्लवले चार जना खेलाडीको नयाँ सम्झौता गरेको थियो । त्यसपछि तलव कटौतीका लागि पनि खेलाडीले केहि लचकता अपनाएका हुन ।

कोरोना भाइरसका कारण नयाँ सिजनमा पनि मैदानमा दर्शकको उपस्थिती शुन्य भएका कारण बार्सिलोनाले ठूलो आर्थिक समस्या भोग्दै आएको जनाएको छ । जसकाकारण क्लवका स्टाफलाई नियमित तलव दिन कठिन हुने अवस्था आएको भन्दै खेलाडीको निश्चित प्रतिशत तलव कटौती गर्ने खोजिएको हो ।

Post Add 1025X115
Loading...