महिला टी-२० च्यालेञ्जका लागि महिला खेलाडी यूएईमा

0

भारतीय क्रिकेट बोर्डको आयोजनामा हुने महिला टी २० च्यालेञ्जका लागि टिमहरु यूएई पुगेका छन ।

विहिबार दिउँसो तीनै टिमका खेलाडी भारतको मुम्बईबाट यूएई प्रस्थान गरेका हुन ।

तीन टिमका सहभागिता रहेको प्रतियोगिता सारजाहमा हुने भएको छ । खेलाडीलाई विमान चार्टड गरेर सारजाह लगिएको हो ।

सबै खेलाडीले विशेष सावधानीका साथ पीपीई लगाएका थिए । सारजाहा पुगेपछि उनीहरुले नौ दिनको क्वारेन्टिन बस्नुपर्नेछ ।

त्यसपछि उनीहरुको तीन चरणमा परिक्षण हुनेछ । त्यसमा पोजेटिभ नआउने खेलाडीले प्रशिक्षण सुरु गर्नेछन ।

Post Add 1025X115
Loading...